राजनीति

भ्रष्टाचारीका नाइके हरु को बचाउ मा एमाले अध्यक्ष ओली


erastriya सोमबार, भदौ २५, २०८०

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यति होल्डिङ्स, ओम्नी ग्रुप र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङको बचाउ गरेका छन्।

 

आइतबार पार्टी कार्यालय च्यासल ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यी कम्पनीहरूलाई खेद्नेहरू दलाल पुँजीवादी भएको बताए।

 

‘यति होल्डिङ्सलाई उनीहरू खेद्छन् किनभने त्यो राष्ट्रिय पुँजी हो। सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि। त्यस्तो शेर्पाले आएर यहाँ हवाइजहाज पनि उडाएको छ। पर्यटन पनि चलाएको छ,’ ओलीले भने,‘ होटल पनि चलाएको छ। के पनि गरेको छ हेलिकप्टर पनि चलाएको छ। यसो गर्न पनि पाइन्छ। भारी बोकेर हिँड्नु पर्नेले यस्तो गर्ने भनेर उनीहरू खेद्छन्।’

 

माओवादीहरूले यतिमात्र होइन ओम्नी समूह र भाटभटेनीका सञ्चालकलाई पनि खेदेको ओलीको भनाइ छ।

 

‘माओवादीहरू गायत्री मन्त्र जप्दैनन्, ओम्नी ओम्नी भन्छन्। यति यति भन्छन्, भाटभटेनी भाटभटेनी भन्छन्। मीनबहादुर मीनबहादुर। गुरूङको छोरो भारी बोकेर आएको गर्न खान दिनु हुँदैन भन्छन्,’ ओलीले भने,‘उनीहरूले राष्ट्रिय पुँजीपतिहरूलाई छानी छानी लखेटेका छन्। विरूद्धमा कोही बोल्दा सांसद समातिन्छ, एउटा सचिव अधिकृत हुँदा हस्ताक्षर गरेका कारण विमानस्थलबाट समातिन्छ। यो दलाल पुँजीवादीहरुको तमासा हो।’

 

ओली प्रधानमन्त्री हुँदा यति होल्डिङ्स र ओम्नी समूहले सरकारबाट लाभ लिएको र कोरोनाविरूद्धको सामग्री ल्याउँदा अनियमितता गरेको आरोप छ।

 

भाटभटेनीका सञ्चालक गुरूङ ललिता निवास प्रकरणमा प्रकाउ परेका थिए भने उनलाई आजै जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन
मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

साउन २८, २०८२

रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै
रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

साउन २६, २०८२

समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव
समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

साउन १९, २०८२

रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै
रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

साउन १६, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा