राजनीति

अखिल क्रान्तिकारीमा विवाद मिल्यो के के भयो सहमति


erastriya सोमबार, भदौ २५, २०८०

काठमाडौँ। सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) को आन्तरिक विवाद समाधान उन्मुख भएको को छ ।  नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद  २ वर्षपछि मिलेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद अन्त्य भएको हो । क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गरेका थिए । नीतिगत सहमति भएसँगै क्रान्तिकारीभित्रको विवाद हल भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा आज भएको छलफलले पुरानो कमिटि भंग गरि नयाँ सम्मेलन आयोजक समिति बनाउने सैद्धान्तिक सहमति गरेको छ । अखिल क्रान्तिकारीमा अहिले समानान्तर दुई समूह क्रियाशिल छन् । पञ्चा सिंले नेतृत्व गरेको टिम र पवन कार्कीले नेतृत्व गरेको विद्रोही टिमलाई समेटेर ९९ सदस्यीय भेला २३औं राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने सहमति भएको छ। ‘संगठन भित्रको विवाद समाधान भईसकेको छैन, समाधान उन्मुख भने भएको छ । पार्टीको निर्णय आउनु पर्छ, त्यसलाई कार्यान्वयन गरेर जाने वातावरण बन्यो भने समस्या समाधान हुन्छ। हाल पञ्चा सिंहले नेतृत्व गरिरहेको क्रान्तिकारीमा ४९ सदस्यीय पदाधिकारी छन् । त्यसमा पवन कार्कीले नेतृत्व गरिरहेको टिमको समेत थपेर ९९ सदस्यीय बनाउने र यसरी सम्मेलन आयोजक समितिको पदाधिकारी बनाउँदा यस अघि रञ्जित तामाङ अध्यक्ष हुँदा बहाल रहेको पदाधिकारीलाई आधार मान्ने सैद्धान्तिक सहमति आजको छलफल गरेको छ । विद्यार्थी संघठन को फ्राक्सन इन्चार्जमा पूर्व अध्यक्ष समेत रहेका युवा नेता हिमाल शर्मा आएपछि विद्यार्थीको विवाद समाधान उन्मुख भएको हो । आजको छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन लगायत दुवै तर्फको अखिल क्रान्तिकारीका नेताहरु सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ
संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

१ दिन अघि

राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने
राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

१ दिन अघि

कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड
कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड

जेठ १४, २०८२

पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन
पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन

जेठ १४, २०८२

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…