पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालक समेत रहेका ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गितेन्द्र राई (जीबी) समूहको पहिलो सहकारीविरुद्ध् ९७१ बचतकर्ताहरूले आफ्नो रू १ अर्ब ८ करोड ११ लाख ८६ हजार डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले भाद्र २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए।
‘बचतकर्ताहरूले जाहेरी दिएको आधारमा ७ जनाविरुद्ध हामीले मुद्दा दर्ता गरेका छौं,’ अदालत प्रवक्ता विकले भने, ‘पक्राउ पुर्जी जारी भइसकेको छ।'
प्रतिकिर्या