समाचार

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश


erastriya शुक्रबार, जेठ ०३, २०८२

रौतहट, १ जेठ।
पछिल्लो समय रौतहट स्थित नेकपा एमालेको संगठन बिस्तार हुँदै गएको छ।

एमालेका नेताहरुको पहलमा नेकपा माओवादीका एकजना वडा प्रत्यासी सहित जिल्लाको सिंगो  गाउँबासी नै माओवादी पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।
नेकपा एमाले गुजरा नगर कमिटी द्वारा आयोजित बृहत् पार्टी प्रबेश कार्यक्रम अन्तर्गत बुधवार गुजरा नगरपालिका ३ सीमरी स्थित वडा प्रत्याशी काजीमान माझी मावाेवादि पार्टी  परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्।
माओबादी नेता माझी संगै सिंगो सिमरी गाउँनै माओबादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी  नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज अजय गुप्ता केन्द्रिय सदस्य  कुन्दन कुशवाहा लगायतले नवप्रवेशी लाई माला र टिका लगाएर  स्वागत गरेका थिए।

कार्यक्रममा भुमी आयोग केन्द्रिय सदस्य आरती भन्डारी, पुर्व राज्यमन्त्री प्रदेश सांसद केशव राय चौधरी, भुमी आयोग जिल्ला अध्यक्ष अखिलेश्वर चौधरी, जिल्ला कमिटि सद्स् एवम क्षेत्र ३ का क्षेत्रिय अध्यक्ष युवराज ज्ञवालि, मेयर प्रत्यक्षी शेख एक्रामुल, संगै एमालेका जिल्ला कमिटी  पदादिकारि ,नगर अध्यक्ष जयराम चाैधरि,  लगायतको उपस्थिती रहेको थियो। वडा प्रत्याशी माझी माओबादी सशस्त्र द्वन्दकाल देखिनै माओबादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। माओबादी नेतृत्व जनचाहना अनुसार परिवर्तन हुन नसकेको कारण एमालेमा प्रवेश गरेको न्युज कारखाना लाई बताएका थिए। एमाले केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा क्षेत्र ३ को पार्टी इन्चार्जको जिम्मेवारी पाएदेखि पार्टीको गतिबिधि तथा सक्रियता बढेको छ। करीब ४०० जनसंख्या रहेको सिमरी गाउँका तीनसयको हाराहारीमा मानिसहरू एमालेमा प्रवेश गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

१ दिन अघि

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २३, २०८२

ताजा अपडेट

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…

  • आदील अन्सारी साहित  क्यानले टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीलाई क्याम्पमा बोलायो

    आदील अन्सारी साहित क्यानले टी-२० विश्वकपको एशिया प्य…

  • चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतियारभन्दा खतरनाक !

    चीनले बनायो विकिरण बिनाको सुपर एच बम, आणविक हतिया…

  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

  • फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्देज

    फिफाले हटायो एन्फामाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ को बन्…

  • पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकारात्मक- झलनाथ खनाल

    पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किनु सकार…

  • अफ्रिकाको उत्तर कोरिया बन्दै माली !

    अफ्रिकाको उत्तर कोरिया बन्दै माली !