समाचार

यी हुन सबैभन्दा १० लामा छक्का प्रहार गर्ने खेलाडी, पाकिस्तानीकाे १५३ मिटरकाे पहिलाे रेकर्ड


erastriya शुक्रबार, जेठ ०३, २०८२

काठमाडौं, २ जेठ । क्रिकेटको संसारमा चौका र छक्काको कुरा गर्ने हो भने आजको तिब्र गतिको क्रिकेटको युगमा यो अलि अनौठो लाग्छ तर यो समाचारमा हामी तपाईहरुको लागि सम्पूर्ण क्रिकेट इतिहासमा सबैभन्दा लामो १० छक्काको बारेमा कुरा गर्नेछौं । र, यो समाचार पढे पछि थाहा पाउनेछौं कि ती खेलाडीहरू को हुन् ? जसले यो लामो दुरीको छक्का हानेर विशेष उपलब्धि हासिल गरेका छन्।

क्रिकेटमा छक्का प्रहार जति रोमाञ्चक हुन्छ, दर्शकका लागि यो निकै यादगार पनि हुन्छ । केही ब्याट्सम्यानले यस्ता छक्का प्रहार गरेका छन्, जुन वर्षौंदेखि क्रिकेट इतिहासमा रेकर्ड भएर बसेको छ । क्रिकेट इतिहासमा सबैभन्दा लामो दश छक्काका बारेमा जानौं ।
१. शाहिद अफ्रिदी (पाकिस्तान) – १५३ मिटर
क्रिकेट इतिहासमा सबैभन्दा लामो छक्का शाहिद अफ्रिदीको नाममा छ। सन् २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध उनले रायन म्याक्लारेनको बललाई १५३ मिटर टाढा पठाएका थएि । अघिल्लो बल नो बल हुँदा फ्री हिटमा प्रहार गरिएको थियो।

२. ब्रेट ली (अष्ट्रेलिया) – १४३ मिटर
आफ्नो बलिङका लागि चर्चित ब्रेट लीले वेस्ट इन्डिज विरुद्धको गाब्बामा भएको खेलमा ड्यारेन पावेलको बलमा १४३ मिटर लामो छक्का प्रहार गरेर दोस्रो किर्तिमान बनाएका छन । 

३. मार्टिन गुप्टिल (न्यूजिल्याण्ड) – १२७ मिटर
दक्षिण अफ्रिका विरुद्धको टी– २० खेलमा वेस्टप्याक स्टेडियमको छतमा गुप्टिलले लोन्वाबो सोत्सोबेको बल १२७ मिटर मिड विकेटतर्फ प्रहार गरेर नयाँ किर्तिमान बनाएका थिए।

४. लियाम लिभिङस्टोन (इंग्ल्याण्ड) ( १२२) मिटर
सन २०२१ मा पाकिस्तान विरुद्धको टि २० खेलमा लिभिङस्टोनले हरिस रउफको बललाई १२२ मिटर लामो छक्का प्रहार गरे, जसलाई एक इंग्लिस ब्याट्सम्यानको सबैभन्दा लामो छक्का मानिएको छ ।

५. कोरी एन्डरसन (न्युजिल्यान्ड) – १२२ मिटर
सन् २०१४ मा भारतविरुद्धको खेलमा कोरी एन्डरसनले मोहम्मद सामीलाई १२२ मिटर लामो छक्का प्रहार गरेका थिए । उनले यस खेलमा ४० बलमा ६८ रन बनाएका थिए ।

६. मार्क वा (अष्ट्रेलिया)– १२० मिटर
अष्ट्रेलियाका ब्याट्सम्यान मार्क वाले वाका मैदानमा न्युजिल्यान्डविरुद्धको खेलमा ड्यानियल भेटोरीको बलमा १२० मिटर टाढाको उत्कृष्ट छक्का प्रहार गरेका थिए ।

७. युवराज सिंह (भारत) – ११९ मिटर
सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध ६ छक्का प्रहार गर्ने युवराज सिंहले अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा ब्रेट लीको बललाई ११९ मिटर टाढा पठाएका थिए ।

८. एमएस धोनी (भारत) – ११८ मिटर
पूर्व भारतीय कप्तान एमएस धोनीको नाममा धेरै अविस्मरणीय छक्का छन् तर सन् २००९ मा अकल्याण्डमा न्युजिल्यान्डविरुद्ध प्रहार गरेको ११८ मिटर लामो छक्का सबैभन्दा ठूलो थियो।

९. क्रिस गेल (वेस्ट इन्डिज) – ११६ मिटर
टि २० क्रिकेटका राजा क्रिस गेलले पनि २०१० को टि २० विश्वकपमा आफ्नो बाहुबली रुप देखाएका थिए। उनले केन्सिङ्टन ओभलमा भारतविरुद्ध युसुफ पठानको बल ११६ मिटर टाढा पठाएका थिए ।

१०. अजाज अहमद (पाकिस्तान) – ११५ मिटर
सन् १९८६ देखि २००१ सम्म पाकिस्तानका लागि खेलेका इजाज अहमदले आफ्नो प्राविधिक ब्याटिङका ​​साथै बिग हिटिङका ​​लागि पनि नाम कमाएका छन् । सन् १९९९ मा भारतविरुद्धको खेलमा उनले वीरेन्द्र सहवागको बललाई ११५ मिटर टाढाको छक्का प्रहार गरेका थिए, जसको आज पनि चर्चा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…