राजनीति

माओवादीको मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत पाँचथर फिदिम मा, ओर्लियो जनलहर


erastriya शनिबार, बैशाख २७, २०८२

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा पाँचथरको फिदिममा आयोजित विशाल आमसभा सम्पन्न भएको छ। 

आमसभामा जिल्लाका आठवटै स्थानीय तहबाट माओवादी कार्यकर्ताहरूको ठूलो सहभागिता रह्यो। आयोजकका अनुसार झण्डै ९ हजारभन्दा बढी कार्यकर्ताको उपस्थिति रहेको थियो। आमसभामा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टीलगायत विभिन्न दलबाट ५ सयभन्दा बढी नेता तथा कार्यकर्ताले माओवादी प्रवेश गरेका छन्। यो जानकारी माओवादी केन्द्रका जिल्ला संयोजक विशाल रसाइलीले दिएका हुन्।

अध्यक्ष प्रचण्ड शनिबार दिउँसो १२ः३० बजे हेलिकप्टरमार्फत काठमाडौंबाट फिदिमको साम्दिनस्थित नेपाली सेनाको क्याम्पमा अवतरण गरेका थिए। आमसभालाई भव्य बनाउन फिदिम बजारका तीनवटै दिशाबाट र्‍याली निकालिएको थियो।

सनिबारेको फाल्गुन्द चोकबाट केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो ‘मौसम’को नेतृत्वमा, आहाल गैरीबाट प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’को नेतृत्वमा, र वरडाँडा हुलाकलाइनबाट लेखा केन्द्रिय सदस्य नरबहादुर दुलाल ‘नेट्वोर्क’को नेतृत्वमा र्‍याली फिदिमतर्फ अघि बढाइएको थियो।

आमसभामा स्वागत मन्तव्य जिल्ला संयोजक रसाइलीले दिएका थिए भने कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा पाँचथर इञ्चार्ज सीता थेवे ‘प्रमिला’ले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी
मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

१४ घण्टा अघि

काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने
काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

१ दिन अघि

सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ
सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ

१ दिन अघि

एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड
एक महिना भित्र भिजिट भिषामा छानबिन समिति बन्छ: प्रचण्ड

जेठ ३२, २०८२

ताजा अपडेट

  • आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा छोरी

    आफ्नै सासु आमासँग लभ परेपछि ज्वाईसँग बिहे, बिच्चलीमा…

  • मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण मात्रै गर्छन्- चन्द्र भण्डारी

    मृत्यु भयो भने लास लैजान मान्छे छैन, नेताहरु भाषण म…

  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

    पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्त…

  • टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

    टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

  • ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य हस्तक्षेप भए जवाफ दिन्छौं

    ट्रम्पलाई खामेनीको चेतावनी- धम्कीबाट डराउदैनौं, सैन्य…

  • काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

    काँग्रेसले नेता शास्त्रीको निधनमा तीन दिन शोक मनाउने

  • सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी श्रेष्ठ

    सरकार र सभामुखबाट बलजफ्ती संसद चलाइयो- नारायणकाजी …

  • इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि विवरण संकलन शुरु

    इजरायल र इरानमा रहेका नेपालीहरुको उद्धारका लागि वि…