समाचार

प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रलाई किन भेटे ?


erastriya मंगलबार, बैशाख ०९, २०८२

काठमाडौं, ८ वैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत राजनीतिक पृष्ठभूमिबाट आएका हुन् । उनमा पछिल्लो समय राजनीतिक महत्वकांक्षा बढ्दै गएको निकट स्रोतले बताएका छन् । राउत खिलराज रेग्मी शैलीमा सरकारको नेतृत्व गर्ने ग्रान् डडिजाइनमा जोडिन थालेका छन् । यसका लागि उनले सबै शक्ति प्रयोग गर्न थालेका छन् ।

राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य भेट गरेको विश्वस्त स्रोतले बताएको छ । शाहसँगको भेट ठूलै योजनामा भएको बुझिएको छ । हालै भएको भारत भ्रमणको बेला राजाको विशेष दूतसंग राउतको अति गोप्य भेट भएको बुझिएको छ । भ्रमणको बेला साथमा रहेका विश्वासपात्रले पनी यो भेट गोप्य राखेका छन्।

राजनीतिक अस्थिरता ल्याउने गरी गतिविधि बढिरहँदा शाहसँग राउतको भेट भएको हो । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि शाहसँग पटक पटक भेटिसकेका छन् । उनकै योजना अनुसार राउतसँग पनि भेट भएको बुझिएको छ ।

श्रेष्ठ संवैधानिक निकायमा भएका ५२ जनाको नियुक्ति बदर गर्ने डिजाइनमा लागिरहेका छन् । यो नियुक्ति बदर भएसँगै काँग्रेस र एमालेबीचको गठबन्धन टुट्ने र नयाँ राजनीतिक अस्थिरता निम्तने अवस्था बन्ने बुझाई योजनाकारहरुको रहेको छ । यसैका लागि राउतलाई श्रेष्ठले उकासेका छन् । अहिले संवैधानिक निकायको नियुक्तिको सुनुवाई निरन्तर चलाइएको छ र अन्तिम फैसला नआउञ्जेलक सुनुवाई चल्ने गरी बढाइएको छ । फैसला नियुक्तिको विपक्षमा आउने गरी घटनाक्रम बढिसकेको छ ।

 

राउतको पछिल्लो कदम राजनीतिक अस्थिरताबीच अन्तरिम सरकारको अध्यक्षता गर्ने गरी बढिरहेको सर्वोच्च अदालतको विश्वस्त स्रोतले बताएको छ । उनले निकटस्थलाई ठूलै राजकीय जिम्मेवारी आउन लागेको र त्यसका लागि तयार रहन भन्ने गरेको बुझिएको छ । त्यो भनेको खिलराज रेग्मीकै जस्तो जिम्मेवारी भन्न खोजिएको बुझाई अदालतभित्र उनका भित्रियाको रहेको छ ।

वर्तमान संविधानमा सुधार गर्ने भन्दा अर्को संविधान ड्राफ्टको योजना पनि भित्र भित्र बनिरहेको छ । यसमा राउतलाई वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अरुण पौडेलले साथ दिइरहेका छन् । भण्डारी राजावादी कानून व्यवसायी हुन् भने पौडेलको निकटता काँग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग छ । पौडेललाई चाँडै न्यायाधीश नियुक्तिको तयारी पनि चलिरहेको छ । न्यायाधीश हुनु अघि राउत र पौडेल एउटै ल फर्म दियाद ल फममा संगै काम गर्थे । राउतले वरिष्ठ अधिवक्ता दिंदा जुनियर कानून व्यवसायी पौडेललाई लाभान्वित गराउन अन्तिमको १५९ नं मा पौडेलको नाम जबरजस्ती घुसाएका थिए ।

राउतको पछिल्लो सक्रियता र गतिविधिबारे सुरक्षा निकायले नियमन गरिरहेको विश्वस्त स्रोतले बताएको छ । उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य भेट गरेको सूचना प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासम्म पुगेको छ । यही कारण देउवाले राजा फर्काउन बाह्य शक्ति पनि लागेको हो या होइन बुझ्न लगाएका थिए । देउवाको हालैमात्र भारतका लागि राजदूत डा। शंकर शर्माले योगी आदित्यनाथसँग भेटेर राजा फर्काउन खोजेको हो या होइन बुझ्न लगाएको विषय बाहिरिइसकेको छ ।

५२ जनाको नियुक्ति बदरको चर्चा बजारसम्म चलाइएको छ । रिक्त पदहरुमा आफ्ना मान्छे नियुक्त गर्नेसम्मको योजनामा अस्थिरतामा लाभ लिन खोज्ने समूह लागिसकेका छन् । कतिपय पदहरु अहिले नै अघोषित रुपमा बाँड्न थालिएको छ ।

 

सर्वोच्च अदालतभित्र ठूलै तरंग आउने गरी भित्र भित्र केही तयारीहरु भइरहेको आशंका गरेका न्यायाधीशहरु पनि झस्किएका छन् । त्यसो त अदालतमा भविष्यमा बन्ने प्रधानन्यायाधीशहरुको टुंगो लागिसकेको छ । सपना मल्ल प्रधान साँढे २ वर्ष, कुमार रेग्मी डेढ वर्ष अनि हरि फुयाँलले ४ वर्ष प्रधानन्यायाधीश बन्ने रोलक्रम छ । तर, ठूलै उथलपुथलको योजनाको भेउ पाएर न्यायाधीशहरु राउतसँग डराउन थालेको स्रोतले बतायो ।

राउत नेपाली काँग्रेस पृष्ठभूमिका हुन् । तर, शक्तिशाली पदमा पुगेपछि उनले धेरैलाई चक्मा दिन थालेका छन् । देउवा पनि राउतबाट ठूलै धक्का पर्नसक्ने भयमा रहेको बुझिएको छ । संवैधानिक नियुक्ति बदर आएमा राजनीतिक शक्तिसंघर्ष अर्को मोडमा पर्ने निश्चित छ । काँग्रेस र एमालेको गठबन्धन टुट्ने सम्भावना रहन्छ । राजावादी सक्रिय भएको अवस्थामा हुने शक्तिसंघर्षले राउत खिलराजको अर्को स्वरुपमा परिणत हुने अवस्था आउनसक्छ । अन्तरिम सरकारको नेतृत्वको दाउमा कल्याण श्रेष्ठ पनि छन् । तर, ग्रान्डडिजाइन बनाउनेहरुले भित्र भित्र बहालवाला प्रधानन्यायाधीशलाई नै बढाउने सुझाव दिएबाट त्यसै अनुसारको रणनीति बढिरहेको छ ।-nepali pen 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली
विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

साउन ०२, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा