खेलकुद

एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित


erastriya आइतबार, चैत २३, २०८१

अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो ।

योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृङ्खला एक खेल अगावै जितेको छ । यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो ।मूलपानी क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर १६८ रन बनायो । एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो । नेपालका लागि साहिल पटेलले ११९ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान दिए । यसैगरी अभिषेक तिवारीले २०, निरजकुमार यादवले १५ तथा कप्तान नरेन भट्टले १३ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका लागि वाहिदुल्लाह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले दुई दुई तथा रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाइले समान एक एक विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अफगानिस्तानका लागि कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाइले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाइले ११ र खालिद अहमदजाईले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले दुई दुई तथा अभिषेक तिवारीले एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल यही चैत २७ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

लगातार चौथो पटक रियाल मड्रिड बन्याे विश्वको धनी फुटबल क्लब
लगातार चौथो पटक रियाल मड्रिड बन्याे विश्वको धनी फुटबल क्लब

१० घण्टा अघि

पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता
पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता

१० घण्टा अघि

अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर
अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर

जेठ १३, २०८२

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि
जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

जेठ १२, २०८२

ताजा अपडेट

  • खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट नि…

  •  २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ

     २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थाप…

  • शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृष्ट

    शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेश प्रदेशमै उत्कृ…

  • ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

    ‘शीला की जवानी...’ फराह खानको सबैभन्दा सस्तो गीत, ज…

  • प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय ७० करोडको योजना

    प्रधानमन्त्रीले आज एकैपटक ६४ सडक शिलान्यास गदै, १२ सय…

  • अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५.३० लाख आप्रवासी निकालिने

    अमेरिकावाट क्युवा, हाइटी, निकारागुआ र भेनेजुएलाका …

  • रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय

    रोहित शर्मा आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भार…

  • थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज

    थाइल्याण्डकी ओपल सुचताले जितिन मिस वर्ल्डको ताज