खेलकुद

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह


erastriya बिहीबार, चैत ०६, २०८१

कीर्तिपुर (काठमाडौँ), ७ चैत : उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको छ । रङ्गशालाको दर्शकदीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत गर्न उहाँले सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको हो । “यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिङ्गो देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो । त्यसैले देशमा विकास निर्माण आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो । क्रिकेट मैदानमा उपप्रधानमन्त्री सिंहसँगै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समेत निर्माण कार्यको निरीक्षण गर्नुभएको थियो । गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट कीर्तिपुरमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने निर्णय गरिएको थियो । उक्त कार्य सपन्न गर्न आगामीे वैशाख मसान्तसम्म समयसीमा रहेको छ । दर्शकदीर्घा निर्माणका लागि गत फागुन १९ गते ठेक्का लागेको थियो । तीन कम्पनीले प्यारापिट निमार्ण गर्न संयुक्त रूपमा काम पाएका थिए । यस्तै, फ्लडलाइट निर्माणका लागि ‘विसान ईश्वरी जेभी’सँग गत फागुन २२ गते सम्झौता गरेी काम थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदैँ
एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदैँ

१ दिन अघि

नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

जेठ ०३, २०८२

नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश
नेपाली महिला क्रिकेट सुपर-३ मा प्रवेश

जेठ ०३, २०८२

एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित
एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

चैत २३, २०८१

ताजा अपडेट

  • जबरजस्ती करणी गरेको अभियोगमा बृद्दा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा बृद्दा पक्राउ

  • दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने

    दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने

  • प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

    प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्…

  • दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

    दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्र…

  • फाल्केको बायोपिकमा राजामौली र हिरानीबिच प्रतिस्पर्धा, नाती हिरानीको पक्षमा

    फाल्केको बायोपिकमा राजामौली र हिरानीबिच प्रतिस्पर्धा,…

  • हेराफेरीः३ मा अब परेश रावल नहुने

    हेराफेरीः३ मा अब परेश रावल नहुने

  • सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, ५ बर्ष जेल जालान त ?

    सलमानको ‘कालो हरिण शिकार’ को सुनवाई जुलाई २८ मा, …

  • अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

    अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन …