खेलकुद

साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक


erastriya मंगलबार, चैत ०४, २०८१

काठमाडौँ, ५ चैतः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गशालामा हुने उक्त प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ । आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ । सोही दिन भूटान र बङ्गलादेशवीच पनि प्रतिस्पर्धा हुनेछ । विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलङ्का छन् । त्यसैगरी नेपालले आफनो दोस्रो खेल मे १३ तारिखमा घरेलु टोली भारतको सामना गर्नेछ । १३ तारिखमै हुने अर्को खेल माल्दिभ्स र भूटानबीच हुनेछ । उक्त प्रतियोगिताको समूह ‘ए’ मा भने साविक विजेता बङ्गलादेश, माल्दिभ्स र भूटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’ अन्तर्गतका बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलङ्का र भारतबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !
सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

१३ घण्टा अघि

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक
श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

१ दिन अघि

नेपालमा एमसीसीले निरन्तरता पाउने
नेपालमा एमसीसीले निरन्तरता पाउने

१ दिन अघि

महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै
महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

१ दिन अघि

ताजा अपडेट

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

  • हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

    हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्व…

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ