अन्तर्राष्ट्रिय

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै


erastriya सोमबार, चैत ०३, २०८१

मध्यविन्दु (नवलपरासी), ४ चैत : एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो । तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा गत फागुन १ गते राससमा ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो ।

रोजगारीका लागि मलेसिया जानुभएकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीय छोरी आमाको जिम्मा लगाएर मलेसिया जानुभएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए ।

छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाउनुभएको थियो । तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो । शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । 

“लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ । तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्ने जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “शव बुझ्नका लागि तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौँ जानुभएको छ ।”मलेसियादेखि काठमाडौँ शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै व्यहोर्ने भएको छ । शव सोमबार साँझसम्ममा तिलमायाको माइतीघर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनकारी दिनुभयो । “वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शवबहानमार्फत काठमाडौँबाट घरसम्म शव ल्याइने छ”, उहाँले भन्नुभयो, “आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले सोमबार नै शव घर आइपुग्ने छ ।” लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहनुभएको थियो । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गर्नुभएको थियो । तिलमायाको हत्या भएको खबरलगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि ढिलाइ भएपछि राससमार्फत समाचार प्रकाशन गरिएको थियो ।  

मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले अनुसन्धान सकेर शव पठाउन ढिलाइ भएको जानकारी आएको सुरक्षित आप्रवासन केन्द्र परामर्शदाता लम्सालले बताउनुभयो । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ ।  “तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजपत्र शवसँगै आउने हुँदा पछि बुझाइने छ”, लम्सालले भन्नुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार
रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

फागुन २६, २०८१

North Korea fires missiles as South begins drills with US
North Korea fires missiles as South begins drills with US

फागुन २६, २०८१

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान

फागुन २६, २०८१

ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनाएको हमासको आरोप
ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनाएको हमासको आरोप

फागुन २२, २०८१

ताजा अपडेट

  • ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

    ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

  • एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

    एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज …

  • सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

    सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्…

  • प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

    प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

  • प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छः प्रचण्ड

    प्रतिक्रान्तिकारी हरुलाई परास्त गर्ने जिम्मा क्रान्तिकारी…

  • प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

    प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विज…

  • रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

    रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न यु…

  • North Korea fires missiles as South begins drills with US

    North Korea fires missiles as South begins drills…