खेलकुद

प्रथम आइजिपी कप पुरूष क्रिकेट प्रतियोगिता सुरू


erastriya मंगलबार, फागुन २७, २०८१

काठमाडौँ, २७ फागुनः नेपाल प्रहरी खेलकुद समिति महाराजगञ्जको आयोजनामा प्रथम आईजिपी कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ सुरू भएको छ । नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले आज मुलपानी क्रिकेट मैदानमा आयोजित एक कार्यक्रमबीच उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीको कार्य प्रकृति खेलकुदभन्दा फरक किसिमको रहेपनि नेपाली खेलकुद इतिहासमा विभिन्न खेलका स्तरीय खेलाडी उत्पादनमा नेपाल प्रहरीको योगदान रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्बर पालले प्रतियोगितासम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र सात वटै प्रदेश प्रहरी कार्यालयका गरी आठ टिमको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !
सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

५ घण्टा अघि

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक
श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

१ दिन अघि

नेपालमा एमसीसीले निरन्तरता पाउने
नेपालमा एमसीसीले निरन्तरता पाउने

१ दिन अघि

महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै
महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

१ दिन अघि

ताजा अपडेट

  • रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

    रास्वपाको सचिवालय बैठकले के के निर्णय गर्यो ?

  • हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्वीकार छैन

    हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र- एडीबीको ऋण स्व…

  • सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले तिमीलाई सम्झनेछौं !

    सहकर्मी जोटाको मृत्युपछि रोनाल्डो भन्छन्- हामी सबैले त…

  • हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्टाचार, चार जनाविरुद्ध मुद्धा दायर

    हुदै नभएको विद्यालयको भवन बनाएको विवरण पेश गरि भ्रष्…

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ