अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री डा राणा भारत प्रस्थान


erastriya सोमबार, फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गर्नुभएको छ । मन्त्री डा राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ । मन्त्री डा राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नुभएको थियो । त्यसपछि मन्त्री डा राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनुहुनेछ । भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा राणाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । साथै यही भ्रमणकै क्रममा मन्त्री डा राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउनुहुने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै
रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

१६ घण्टा अघि

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

१ दिन अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

असार २०, २०८२

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

असार २०, २०८२

ताजा अपडेट

  • प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज

    प्रधानमन्त्री ओलीले उद्घाटन गरे हुम्ला जोड्ने चुवाखोलाक…

  • पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता राजनीतिक वृतमा तरंग

    पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता र…

  • क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

    क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्स…

  • एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्…

  • रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

    रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …