विकास

तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती


erastriya आइतबार, फागुन १८, २०८१

काभ्रेपलाञ्चोक, १८ फागुनः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन् । विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौता अनुसारको काम नहुँदा यात्रुले धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको हो । वर्षायाममा मालबाहक तथा यात्रुबाहक सवारीसाधन हिलोमा फस्दा हप्तौँसम्म राजमार्ग अवरुद्ध हुँदै आएका छन् । पुनःनिर्माणका लागि भत्काइएका सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते पनि हुने गरेका छन् । उक्त खण्डमा समयसीमाको करिब एघार महिना नाघिसक्दा पनि निर्माण कम्पनीद्वारा सम्झौता अनुसार काम नहुँदा सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेको छ । यसले निर्माण कहिले पुनःसञ्चालन हुन्छ भन्ने अन्योलता बढेको स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम धुलिखेलबाट खावासम्मको उक्त खण्ड विस्तारका लागि गौरी–पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो । कम्पनीले विसं २०८० चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी विसं २०७९ जेठ २० मा रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । पछिल्लो वर्षदेखि उक्त खण्डमा निर्माण बन्द भई अलपत्र परेको छ । सडक डिभिजन कार्यालय कार्यालयले गत बिहीबार ठेक्का रद्ध गरेपछि निर्माण अनिश्चित बनेको हो । सडक उपभोक्ताले पटक–पटक गुनासो गर्नुका साथै यात्रुले सास्ती व्यहोरेपछि संसद्को पूर्वाधार समितिले अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लो पटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । अब प्रक्रिया पु¥याएर केही हप्तामा पुनःठेक्का खोल्ने तयारी गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत गरी पुनः ठेक्का लगाइनेछ । हालसम्म २५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ । हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा ‘कटिङ’को काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ‘ड्रेनवाल’ लगाउने काम गरिएको छ । “जिपलाइनबाट तल खावासम्मको भत्काइएको सडकमध्ये करिब एक किलोमिटर भागमा कटिङको काम गर्न बाँकी छ”, उहाँले भन्नुभयो । गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि वर्षामा सबै बगाएर खण्डहर बनाएको थियो । पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आउनुभएका केदार ढुङ्गानाले करिब दुई घण्टा सडक जाममा परेको बताउनुभयो । “उक्त खण्ड निर्माण यथाशीघ्र सम्पन्न नभए यो बाटो भएर वर्षायामामा यात्रा गर्न थप सास्ती हुनेछ”, उहाँले भन्नुभयो । यस्तै राजमार्गमा चल्ने दुईपाङ्ग्रे सवारीसाधनलाई उक्त खण्ड पार गर्न निकै हम्मेहम्मे पर्ने गरेको उहाँको भनाइ छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालबाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा पहिलो पटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही खण्ड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

फागुन १५, २०८१

म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा  जोडियो
म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो

फागुन ०८, २०८१

कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

माघ २७, २०८१

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग
गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

माघ १५, २०८१

ताजा अपडेट

  • तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती

    तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती

  • जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत

    जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत

  • रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

    रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

  • ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित

    ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित

  • नेपालमै किन हुन्छ यति धेरै भ्रष्टाचार ?  यी हुन् प्रमूख कारण

    नेपालमै किन हुन्छ यति धेरै भ्रष्टाचार ? यी हुन् प्रमूख कारण

  • आजका प्रमुख समाचार उपेन्द्र यादवले सरकार छोड्ने देखि हिमालमा हिमपात

    आजका प्रमुख समाचार उपेन्द्र यादवले सरकार छोड्ने देखि हिमालमा हिमपात

  • उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० व्यक्तिको उद्धार

    उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० व्यक्तिको उद्धार

  • शेर्पा समुदायकाे नयाँ वर्षको ग्याल्पो ल्होसार हर्ष उल्लासका साथ मनाउँदै

    शेर्पा समुदायकाे नयाँ वर्षको ग्याल्पो ल्होसार हर्ष उल्लासका साथ मनाउँदै