विकास

म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो


erastriya बिहीबार, फागुन ०८, २०८१

म्याग्दी (बेनी), ८ फागुन : म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो । नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर छ किलोमिर लामो सडकको ट्याक निर्माण भएपछि बगरको जेल्टुङ सडकको पहुँचमा जोडिएको म्याग्दीखोला जलविद्युत आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिनुभयो । ट्याक खोल्न बाँकी रहेको नाउराको भिर छिचोलिएसंगै बुधवार जेल्टुङमा पहिलो पटक बोलेरो जीप पुगेको थियो । चक्रीय धौलागिरि पदमार्ग अन्तरगत अन्तिम मानव बस्तीको रुपमा रहेको बगर सडक सञ्जालले जोडिएसंगै स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको धवलागिरि – ४ मुदीका वडा अध्यक्ष यामप्रसाद घर्तिमगरले बताउनुभयो । सडकले बगर र जेल्टुङ गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन् । यस अघि नाउराको अक्करे भिरमा बनाइएको गोरेटो बाटो हुँदै करिब २ देखि ३ घण्टा लाग्ने बाटो सडक सञ्जालले ३० मिनेटमा छोटिएको छ । सडकको पहुँच विस्तार भएसंगै उर्जा डेभलपर्स प्रा.लि. अन्तगत रहेको हाइड्रो भिलेज प्रा.लि प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युतको जेल्टुङमा विद्युतगृहको लागि बंकर घर र क्याम्प लगायतका पूर्वाधार निर्माण सुरु हुने भएको छ । यस आयोजनाको बाँधस्थल रहने दोभानसम्म थप ११ किलोमिटर सडकको पहुँच विस्तार गर्ने कार्यसंगै विद्युतगृह, सुरुङमार्ग निर्माणको काम एकैसाथ अघि बढाउने आयोजनाले जनाएको छ । धवलागिरि गाउँपालिका– ४ को चेचुङ गाउँमा हालै ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले सडकको पहँच विस्तार गरेको थियो । यस वडाको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

माघ २७, २०८१

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग
गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग

माघ १५, २०८१

सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल
सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन आँधीखोलाकाे पुल

माघ १५, २०८१

तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

माघ ०९, २०८१

ताजा अपडेट

  • म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा  जोडियो

    म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो

  • माओवादी ‘पार्टीले हुलाकी राजमार्ग जनजागरण अभियान’ गर्ने

    माओवादी ‘पार्टीले हुलाकी राजमार्ग जनजागरण अभियान’ गर्ने

  • बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

    बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

  • भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

    भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

  • ज्यालादारी गर्ने महिलाको ज्यालामा विभेद भोगेपछि पार्वती आफैं बनिन ठेकेदार

    ज्यालादारी गर्ने महिलाको ज्यालामा विभेद भोगेपछि पार्वती आफैं बनिन ठेकेदार

  • आइपिओ रोकिएको विषयमा इप्पानले गरायो ध्यानाकर्षण

    आइपिओ रोकिएको विषयमा इप्पानले गरायो ध्यानाकर्षण

  • हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रू सात करोड ३० लाख बढीको क्षति

    हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रू सात करोड ३० लाख बढीको क्षति

  • उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

    उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात