अन्तर्राष्ट्रिय

तिंकरमा सशस्त्र प्रहरीको वोर्डर आउट पोष्ट स्थापना हुदैँ


erastriya बिहीबार, भदौ २१, २०८०

दार्चुलाको व्यासँ गाउँपालिका वडा १ तिंकरमा सशस्त्र प्रहरी बलको वोर्डर आउट पोष्ट स्थापना हुने भएको छ । अगामी विहिबार २१ गते तिंकरमा वोर्डर आउट पोष्ट स्थापना हुने भएको हो । चीन सीमा नजिक तिंकरमा सशस्त्र प्रहरी बलको वोर्डर आउट पोष्ट स्थापना पछि उक्त क्षेत्रबाट सीमामा हुने अपराध नियन्त्रण लागु औषध ओसारपसार जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि वोर्डर आउट पोष्ट स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाका उपरीक्षक डम्बर बहादुर विष्टले जानकारी दिनु भयो । वोर्डर आउट पोष्ट स्थापनाका लागि सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) दार्चुला आउने भएका छन ।

महानिरीक्षक दाहाल पर्सिमात्रै दार्चुला पुग्ने बताइएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रका सुरक्षालाई प्रभावकारी बनाउन र चोरी तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा बीओपी थप गर्न लागेको बताइएको छ । व्याँस गाउँपालिका–१ तिंकरको छ्यालेकमा स्थापना हुने गरी बीओपी राख्न सरकारले स्वीकृति दिएपछि विओपी स्थापना हुन लागेको सशस्त्र प्रहरीले जनाएको छ । पुरानो भन्सार र नेपाल प्रहरीको सीमा चौकी रहेकै स्थान नजिक बीओपी स्थापना हुन लागेको एसपी विष्टले बताउनु भयो । सिमाक्षेत्रमा सशस्त्रको बलियो उपस्थिति हुन थालेपछि यहाँका स्थानीयहरु खुशी भएका छन । व्यास गाउँपालिकाको वडा नम्बर २ माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकूमा रहेको नेपाल–भारत जोड्ने झोलुंगे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ ।

भारतसंग सिमा जोडिएका व्यासको सितापुल, सुन्सेराको मलघट्टे, खलंगाको घाटबजार, दत्तु, जोलजिवी र लालीस्थित महाकालीको झोलुंगे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरवहादुर विष्टले बताउनु भयो । नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सिमाविन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुंगे पुलबाहेक अन्य सबै स्थानमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।

व्यास गाउँपालिकाको तिंकर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप विओपी स्थापनाको गृहकार्य भइरहेको छ । मालिकार्जुन गाउँपालिकाको जोलजिविमा रहेको विओपीलाई सिमा सुरक्षा गुल्म बनाइएको छ । तीन महिनाअघि देखि जोलजिवीमा सशस्त्र प्रहरीका डिएसपीले कमाण्ड गरिरहेका छन् । लाली र दुम्लिङको विओपीमा इन्सपेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ । सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागास्थित ५० नम्बर गुल्मको नेतृत्व डिएसपीले गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा
रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

साउन १५, २०८२

नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने
नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने

साउन १३, २०८२

भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै
भारतले पाँच वर्षपछि चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

साउन ०८, २०८२

मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर
मस्कलाई टक्कर दिदै ल्यारी एलिसन, एकैदिन कमाए २८.४ अर्ब डलर

साउन ०८, २०८२

ताजा अपडेट

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…

  • रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा

    रूसको सखालिन क्षेत्रमा आपतकालीन अवस्था घोषणा