सारा नेपाली क्रिकेटप्रेमीहरुको ध्यान राष्ट्रिय पुरुष क्रिकेट टोलीमाथि केन्द्रित रह्यो। नेपाली क्रिकेटमा नयाँ इतिहास रच्ने तयारी गरिरहेको महिला क्रिकेट टोली भने छायाँमा पर्यो।
एशिया कपमा पहिलो ऐतिहासिक सहभागिता तथा भारत र पाकिस्तानजस्ता क्रिकेटका शक्ति राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने विषयले सबैको ध्यान आकृष्ट गर्नु स्वाभाविक थियो।
पुरुष क्रिकेटले पाकिस्तान र श्रीलङ्कामा खेलेर मनग्गे चर्चा बटुलिरहेकै बेला राष्ट्रिय महिला क्रिकेट टोलीले भने मलेशियामा चुपचाप अर्को इतिहास रच्ने तयारी गरिरहेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आयोजना गर्ने २० ओभरको महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोट मलेशियामा भइरहेको छ। यसमा नेपाली महिला टोलीले लगातार लिग चरणका चार खेल जितिसकेको छ र प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
शुक्रवार थाइल्यान्डलाई पराजित गर्न सके नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछ।
बीबीसी नेपाली
प्रतिकिर्या