अन्तर्राष्ट्रिय

लेबनानमा नयाँ सरकार गठन


erastriya आइतबार, माघ २७, २०८१

लेबनानले राष्ट्रपति निर्वाचन अवरूद्ध भएपछि कामचलाउ सरकारले सङ्कटग्रस्त देशको नेतृत्व गरेको दुई वर्षभन्दा बढी समयपछि नयाँ सरकार गठन भएको छ । राष्ट्रपति जोसेफ औनले ‘२४ जना मन्त्रीको सरकार गठन गर्ने’ आदेशमा हस्ताक्षर शनिबार गर्नुभएको छ । “राष्ट्रपतिले औनले ‘कामचलाउ प्रधानमन्त्री नजिब मिकातीको सरकारको राजीनामा स्वीकृत गर्नुभएको छ’ र ‘प्रधानमन्त्री नवाफ सलामलाई सरकार गठनका लागि औपचारिक रूपमा जिम्मेवारी तोक्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ। दुई वर्षभन्दा लामो राजनीतिक गतिरोधपछि इजरायलसँगको युद्धमा सशस्त्र समूह हिजबुल्लाह कमजोर भएपछि पूर्व सेना प्रमुख औन राष्ट्रपति निर्वाचित हुनुभएको छ भने सलाम प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । नयाँ सरकारले वर्षौंको आर्थिक सङ्कटपछि अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट अर्बौं डलर प्राप्त गर्न आवश्यक सुधारहरू कार्यान्वयन गर्ने, इजरायल–हिजबुल्लाहको कमजोर युद्धविरामको निरीक्षण गर्ने र युद्धग्रस्त देशको पुनर्निर्माण गर्ने चुनौतीपूर्ण कार्यको सामना गरिरहेको छ। उसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएका सम्झौताको पुनरावलोकन गर्नुपर्ने छ र अर्को वर्ष हुने संसदीय निर्वाचनको तयारी पनि गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

१७ घण्टा अघि

चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो
चीनले जापानी समुद्री खानामाथिको प्रतिबन्ध आंशिक रूपमा हटायो

असार १६, २०८२

रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी
रुसले युक्रेनमाथि एकैदिन ४७७ ड्रोन र ६० क्षेप्यास्त्र प्रहार गरेको दाबी

असार १५, २०८२

युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस
युक्रेनको पोकरोभस्क शहर कब्जा गर्ने तयारीमा रुस

असार १५, २०८२

ताजा अपडेट

  • रास्वपाको सचिवालयको बैठक बस्दै

    रास्वपाको सचिवालयको बैठक बस्दै

  • श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

    श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्…

  • नेपालमा एमसीसीले निरन्तरता पाउने

    नेपालमा एमसीसीले निरन्तरता पाउने

  • कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

    कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र पक्राउ

  • अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

    अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

  • महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्रीलंका खेल्दै

    महिला फुटबल एएफसी युमन्स एसिया कपमा आज नेपाल र श्री…

  • संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिट…

  • निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना, अब टालटुले सुधारले हुदैन- डा. बाबुराम भट्टराई

    निजामति विधेयकमा भएको जालसाजी विश्वकै लाजमर्दो घटना…