धर्म/संस्कृति

पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग


erastriya बिहीबार, माघ २४, २०८१

काठमाडौँ, २४ माघः राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शूल्य समयमा सांसद सुरेशकुमार आले मगरले पाथिभरा क्षेत्रमा स्थानीयको स्वीकृतिबिना केबलकार स्थापना गर्न थालिएको भन्दै आपत्ति जनाउनुभयो । “विकास गर्ने विषयमा कोही पनि विरोधी छैन तर आइएलओ १६९ अनुसार कुनै पनि क्षेत्रमा विकासका काम अगाडि बढाउँदै गर्दा स्थानीयको स्वीकृति लिनुपर्ने हुन्छ । स्वीकृति नलिइकन, पाथिभरा क्षेत्रका जनतालाई सरकारले जबरजस्ती धरपकट गर्नुहुँदैन ।” 

 ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवादमा सरकारी वार्ता टोली र स्थानीय सङ्घर्ष समितिबीच मङ्गलवार ६ बुँदे सहमति भएको छ । यो सहमतिसँगै गत माघ १५ देखि कोशी प्रदेशका ९ जिल्लामा जारी यातायात बन्द स्थगन गरिएको छ । हाललाई केबलकार स्टेसन निर्माण कार्य स्थगन गरी आगामी वार्तामा विस्तृत छलफल गर्न सरकारी पक्ष तयार भएको छ ।

 सांसद सोनाम गेल्जेङ शेर्पाले सोलुखुम्बुको उत्तरी क्षेत्रमा रहेको नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन हँुदा जनतालाई सास्ती भइरहेको भन्दै तत्काल कर्मचारीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । “नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन छ, कर्मचारीविहीन हुँदा त्यस क्षेत्रका नागरिकले नागरिकले राष्ट्रिय परिचय पत्र पाउन सकिरहेका छैनन, तत्काल कर्मचारीको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछु”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

महाशिवरात्रिको लागी आकर्षक बनाइँदै पशुपतिनाथ मन्दिर ओरिपरी
महाशिवरात्रिको लागी आकर्षक बनाइँदै पशुपतिनाथ मन्दिर ओरिपरी

१२ घण्टा अघि

आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै
आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै

माघ ३०, २०८१

भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु
भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

माघ २४, २०८१

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

माघ २१, २०८१

ताजा अपडेट

  • महाशिवरात्रिको लागी आकर्षक बनाइँदै पशुपतिनाथ मन्दिर ओरिपरी

    महाशिवरात्रिको लागी आकर्षक बनाइँदै पशुपतिनाथ मन्दिर ओरिपरी

  • म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा  जोडियो

    म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो

  • माओवादी ‘पार्टीले हुलाकी राजमार्ग जनजागरण अभियान’ गर्ने

    माओवादी ‘पार्टीले हुलाकी राजमार्ग जनजागरण अभियान’ गर्ने

  • बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

    बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन

  • भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

    भद्रपुरझापा गोल्डकपः चार देशका १० टोली प्रतिस्पर्धामा

  • ज्यालादारी गर्ने महिलाको ज्यालामा विभेद भोगेपछि पार्वती आफैं बनिन ठेकेदार

    ज्यालादारी गर्ने महिलाको ज्यालामा विभेद भोगेपछि पार्वती आफैं बनिन ठेकेदार

  • आइपिओ रोकिएको विषयमा इप्पानले गरायो ध्यानाकर्षण

    आइपिओ रोकिएको विषयमा इप्पानले गरायो ध्यानाकर्षण

  • हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रू सात करोड ३० लाख बढीको क्षति

    हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रू सात करोड ३० लाख बढीको क्षति