शिक्षा

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव


erastriya मंगलबार, माघ २२, २०८१

काँक्रेविहार (सुर्खेत), २२ माघः कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताउनुभयो ।

कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ हो । नौ सय २७ प्राविमा छ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार सात सय ९३ होभने अहिले आठ हजार एक सय ४९ जनामात्र छन् । यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार पाँच सय ६० शिक्षक हुन्भने अहिले एक हजार आठ सय ६१ जना कार्यरत छन् ।

यसैगरी, छ सय पाँच माविमा एक हजार सात सय ४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन्भने अहिले एक हजार दुई सय ७६ जना शिक्षक मात्र छन् । दुई सय ५९ उच्च माविमा चार सय ५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने होभने अहिले पाँच सय ७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिनुभयो । 

उहाँका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ । कानुनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ । शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् । निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उहाँले बताउनुभयो । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

जेठ १७, २०८२

बाजुराका विद्यार्थीलाई  राडीपाखी बुनाइ तालिम
बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

माघ १७, २०८१

कृषि विश्वविद्यालयमा डीन नियुक्त
कृषि विश्वविद्यालयमा डीन नियुक्त

माघ १०, २०८१

सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

माघ ०८, २०८१

ताजा अपडेट

  • निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्

    निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, …

  • क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

    क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बित

    काठमाडौं महानगरपालिका का प्रहरी बलका प्रमुख राजु पा…

  • रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

    रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

  • पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरकारलाई कांग्रेसको ध्यानाकर्षण

    पहुँचका आधारमा बजेट विनियोजन नगर्न सुदूरपश्चिम सरका…

  • उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको निरीक्षण

    उर्जामन्त्री खड्काद्धारा सुनकोशी मरिन डाइभर्सन आयोजनाको…

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…

  • गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानमन्त्री

    गृहमन्त्रीको राजनीनामा माग्नु लोकतन्त्र विपरीतः प्रधानम…