चर्चित फेसबुक Routine of Nepal Bandh पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा एक पोस्ट राख्दै बोल्ड डिसिजन लिन लागेको बताएलगत्तै फोसबुक र ईन्स्टाग्राम हटेको छ ।
आइतबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्री लाभ भएको भन्दै गरेको रुटिन अफ नेपाल बन्दको पोस्ट विवादित समेत बनेको थियो ।शनिवार राति मेयर बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उक्त विषय सामाजिक सञ्जालमा चर्को बहसमा तानिएको थियो ।
रुटिन अफ नेपाल बन्दबाट गरिएको पुत्री लाभ सम्बन्धी गरेको पोस्ट बालेनलाई जोगाउनका लागि गरिएको लख कतिपयले काटेका थिए । रुटिन अफ नेपाल बन्द यसरी पहिलो पटक अचानक गायब भएको हो ।
रुटिन अफ नेपाल बन्द सधैंका लागि बन्द भएको हो वा अस्थायी रूपमा निष्कृय पारिएको हो भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ । अर्को पोस्ट गर्दै सञ्चालक पौडेलले कुनै स्वार्थले पेज नखोलेको उल्लेख गरेका छन् । "अब अट्याक गर्नु पर्दैन," उनले असन्तुष्टि पोख्दै अगाडि भनेका छन्
"अब म स्वतन्त्र छु... मलाई एक्लै रहन देऊ ।"
उनले राखेको पछिल्लो पोस्टमा पेज डिलिट गरेको नभई अनपब्लिस्ड अर्थात् अप्रकाशित अवस्थामा राखेको देखिन्छ । जुन त्यसका एड्मिन तथा सञ्चालकले चाहेको खण्डमा जुनसुकै बखत पब्लिस्ड अर्थात् प्रकाशित मोडमा आउन सक्ने सम्भावना कायमै छ ।
प्रतिकिर्या