अन्तर्राष्ट्रिय

बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग एक हजार ९०० प्यालेष्टिनी बन्दी आदानप्रदान हुने


erastriya बिहीबार, माघ १७, २०८१

 

इजरायल र प्यालेष्टिनी इस्लामी समूह (हमास)ले गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग तेस्रो पटक बन्धक÷बन्दी आदानप्रदान गर्ने तयारी भएको छ ।

चौथो आदानप्रदान सप्ताहन्तका लागि तय गरिएको छ । हमासले बुधबार इजरायलले सहायता वितरण रोकेर सम्झौतालाई खतरामा पारेको आरोप लगाएको छ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायली नागरिक अरबेल येहुद, अगम बर्जर र गादी मोसेसको पहिचान गरेको छ ।

बुधबार साँझ एक वक्तव्य जारी गर्दै मोसेस परिवारले ‘हाम्रा प्रिय गादीको पुनरागमनको अद्भुत खबर निकै उत्साहका साथ प्राप्त भएको’ जनाएको छ ।

जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौता अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा इजरायलबाट बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि बदलामा इजरायली हिरासतमा रहेका एक हजार ९०० व्यक्तिहरू (अधिकांश प्यालेस्टिनी) लाई रिहा गर्ने सहमति भएको छ ।

हमासले हालसम्म सात जना इजरायली बन्धकलाई रिहा गरिसकेको छ भने बदलामा इजरायलले २९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।

‘प्यालेस्टाइन प्रिजनर्स क्लब एड्भोकेसी ग्रुप’का अनुसार हमासले तीन जना इजरायलीलाई बिहीबार रिहा गर्दा बदलामा इजरायलले ११० जना प्यालेष्टिनी कैदीलाई रिहा गर्न लागेको हो । नेतन्याहूको कार्यालयले शनिबार हुने अर्को अदलाबदलीमा थप तीन जना इजरायली नागरिकलाई रिहा गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै
रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

५ घण्टा अघि

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

१ दिन अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१ दिन अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

असार २०, २०८२

ताजा अपडेट

  • क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

    क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्स…

  • एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्…

  • रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

    रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…