समाचार

सोनामल्होसारले राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्छ’


erastriya बिहीबार, माघ १७, २०८१

 

काठमाडौँ, १७ माघː राष्ट्रि«यसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोनामल्होसारले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तामाङ समुदायको सोनामल्होसार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले तामाङ समुदायको परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न विशिष्ट भूमिका खेलेको उल्लेख गर्नुभयो । श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकहरूको पर्वका रूपमा परिचित सोनामल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

“नेपाली जनताको महान् त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई स्वीकार गरेको छ”, अध्यक्ष दाहालले भन्नुभएको छ,“प्राप्त उपलब्धिको संरक्षण र विकास गर्न यो समुदायले अझै महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु । यस प्रकारका पर्वहरुले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, वेशभूषा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’
‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

५ घण्टा अघि

बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान
बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

५ घण्टा अघि

‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा
‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा

६ घण्टा अघि

सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने
सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने

७ घण्टा अघि

ताजा अपडेट

  • पाकिस्तान : प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त

    पाकिस्तान : प्रधानमन्त्री शाहबाजद्वारा इमरान खानको पार्टीसँग वार्ता पुनः सुरु गर्ने इच्छा व्यक्त

  • ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

    ‘लेखापरीक्षण क्षेत्रका विकृति विसङ्गति रोक्न चार्टर्ड एकाउन्टेन्ट नै सचेत हुनुपर्ने’

  • बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

    बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान

  • ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा

    ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड–२०२५’ आगामी फागुनमा

  • रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु

    रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु

  • बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग एक हजार ९०० प्यालेष्टिनी बन्दी आदानप्रदान हुने

    बिहीबार तीन इजरायली र पाँच थाई बन्धकसँग एक हजार ९०० प्यालेष्टिनी बन्दी आदानप्रदान हुने

  • सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान

    सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान

  • सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने

    सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने