१६ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रको निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा शम्भु पन्त विजयी भएका छन् । विश्वविद्यालय र उपत्यका विशेषको बुधबार सम्पन्न मतगणनामा पन्तले आफ्नो प्रतिद्वन्दीलाई ४ मतको अग्रता लिएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । यस्तै खुला सचिवमा प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राई ५४५ मत ल्याएर विजयी भएका छन् ।
यसैगरी छात्रातर्फ तिर्सना आलेमगर ४९८, समकृति पुन ५२९ मत ल्याएर विजयी भएका छन् ।यस्तै जनजातितर्फ अर्टिष्ट मोक्तान ४१५ मत ल्याएर विजयी भएका छन् । यसैगरी सचिव मधेशीमा ४६० मत प्राप्त गर्दै अमर मण्डल, सचिव खस आर्यमा ६१४ मत प्राप्त गदै जितेन्द्र भण्डारी र सचिव सहिद सन्ततितर्फ युन्छो हाङ मावो ५१० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया रानामगर पनि भारी मतले विजयी भएकी छिन् । उनले विश्वविद्यालय र उपत्यका विशेषको मतगणनामा फुलमायाले ५९६ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित नेतृत्वले संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिकिर्या