समाचार

विपन्न परिवारलाई रासन कार्ड र रासन वितरण


erastriya सोमबार, माघ १४, २०८१

पथरी (मोरङ), १४ माघ : यहाँको पथरी शनिश्चरे नगरपालिका–२ ले रासन कार्ड र रासन वितरण सुरु गरेको छ । वडाभित्रका २० विपन्न परिवारको पहिचान गरी वडा कार्यालयले रासन कार्डसहित रासन वितरण सुरु गरेको हो । 

 समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार बनाउन वडाले प्रयास गरेको उक्त वडाका वडाध्यक्ष नैना राईले बताउनुभयो । वडाध्यक्ष राईले भन्नुभयो, “जनताले पाउनुपर्ने अति आवश्यक गासँबास र कपासलाई सुनिश्चित गर्न यो वर्षदेखि वडाले वार्षिक बजेट विनियोजन गरी रासन कार्ड र रासन वितरण गरेका हौँ ।” 

 कार्डको आधारमा प्रत्येक महिनाको ३ गते वडाबाटै रासन वितरण हुने वडा कार्यालयले जनाएको छ । वडाले अर्को वर्षदेखि बजेट थप गरी थप विपन्न परिवारमा सेवा विस्तार गर्ने योजना बनाएको छ । वडाले वडावासीवाट छनौट गरी २० परिवारलाई पहिलो चरणमा १० देखि २० केजीसम्म चामल प्रदान गरेको छ । अर्काे वर्षवाट भने दाल, चामल र अन्य उपभोग्य सामग्री वितरण गर्ने योजना वडाको छ । 

 वडाका कुनै नागरिक भोकै बस्नु नपरोस् भनेर रासन कार्डको व्यवस्था गरिएको वडाअध्यक्ष राईले बताउनुभयो । रासन कार्ड यही माघदेखि लागू गरिएको हो । वडाले यस वर्षका लागि रु एक लाख बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

५ घण्टा अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…