मनोरञ्जन

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर


erastriya सोमबार, माघ १४, २०८१

म्याग्दी, १४ माघः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । 

अन्नपूर्ण गाउँपालिकाको रु एक करोड, नेपाल पर्यटन बोर्डको रु २० लाख र अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्राहलय निर्माण थालिएको हो । अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूूर्ण आधार शिविर र पञ्चकुुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिनुभयो । 

“एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो”, उहाँले भन्नुभयो, “अन्नपूूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ ।”

योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन भइसकेको अन्नपूूर्णका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताउनुभयो । सन्धीखर्क, भुुसकेट, पञ्चकुुण्ड ताल परिसरमा रु ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ । 

हुमखोला, फुतफुते झरना, गुुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय निर्माणका लागि रु ३० लाख विनियोजन भएको छ । फुुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुुला सङ्ग्रहालय निर्माणका लागि रु १०÷१० लाख विनियोजन भएको छ । खुुला सङ्ग्रहालयमा आधार शिविरमा रहेका अभिलेखलाई सङ्कलन र संरक्षण गर्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । 

पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको रु २० लाख, गाउँपालिकाको रु १० लाख र एक्यापको रु पाँच लाख बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल, सवइञ्जिनियर पौडेल र समुुन्त यादवको टोली गत हप्ता आधार शिविर पुुगेर योजना निर्माणस्थलको निरिक्षण गरेर फर्किएको थियो ।  

मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो । 

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दसैँ–तिहारको समयमा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । मौरिस हर्गोज पदमार्गमा झोलुङ्गे पुुल, सञ्चार, विद्युुत् सुविधा विस्तार र पर्यटक चेकपोष्ट राख्नका लागि पनि पहल भएको उहाँले बताउनुभयो । 

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । 

तीन दिनको छोटो अवधीमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । 

सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किमी पदमार्ग तयार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने
फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

असार १०, २०८२

पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!
पञ्चायत सिजन ४ हेर्ने होइन त, आयो त रिलिज डेट !!

जेठ ३०, २०८२

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

जेठ २५, २०८२

'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल
'गजल गायनको स्वर्ण दशक' दोस्रो वर्षमा, सन्तोषले गाए आधा दर्जन गजल

जेठ २२, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन