नवलपरासीको कावासोती नगरपालिकाले एमाले नगर अध्यक्ष रामकृष्ण ढुङ्गानालाई मासिक ४३ हजार ६ सय रुपैयाँ तलब दिन थालेपछि विवाद भएको छ । नेपाली कांग्रेसको भातृ सङ्गठन नेविसंघले सो कार्यको विरोध गर्दै एमालेबाट निर्वाचित मेयर विष्णुप्रसाद भुसाललाई शुक्रवार ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै भुसालले त्रुटिपूर्ण निर्णय भए त्यसलाई रद्द गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगरप्रमुख भुसाललाई एमाले स्थानीय नेता ढुङ्गानालाई राजनीतिक सल्लाहकार नियुक्त गरेर अधिकृत स्तरको मासिक तलब सुविधा दिन थालेपछि नेविसंघ तथा अन्य राजनीतिक दलका स्थानीय नेताहरूले विरोध गरेका छन् । गण्डकी प्रदेश सरकारले स्थानीय तहका प्रमुख उपप्रमुखले कुनै पनि नाममा सल्लाहकार राख्ने कानुनी व्यवस्था नगरेका कारण सो काम अवैध रहेको भन्दै विरोध चर्किएपछि मेयर भुसाल सो निर्णयबाट पछि हट्न लागेका छन् ।
प्रतिकिर्या