समाचार

सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ


erastriya शुक्रबार, माघ ११, २०८१

 

लमजुङ, ११ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ ।

आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रम उहाँले सुशासन बिना विकास नहुने भएकाले सरकारले अध्यादेशमार्फत १३ वटा कानुन संशोधन गरिएको बताउनुभयो ।

 

सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले संविधान संशोधन राष्ट्रिय सहमतिमा मात्रै हुने बताउनुभयो । यद्यपि सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता भने परिवर्तन नहुने उल्लेख गर्नुभयो ।”

 

उहाँले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको बताउनुभयो । “मुलुकलाई आवश्यक पर्दा जहिले पनि कांग्रेस र एमाले मिल्दै आएका छन्, अहिले पनि त्यही आवश्यकताका आधारमा मिलेका छन्”, उहाँले भन्नुभयो । उहाँले पञ्चायतकालदेखि गणतन्त्र स्थापनासम्ममा दुवै राजनीतिक दल मिलेको स्मरण गर्नुभयो ।

 

साथै सहकारी ठगीविरुद्ध सरकार कडा तरिकाले प्रस्तुत भएको उहाँको भनाइ थियो । त्यसअवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमानलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१० घण्टा अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…