समाचार

बालविवाह मुक्त अभियानमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री लामा


erastriya शुक्रबार, माघ ११, २०८१

 

मनहरी(मकवानपुर), ११ माघः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपालका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

आज मुख्यमन्त्री कार्यालय हेटौँडामा बालविवाह मुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालका प्रतिनिधि तथा बालबालिकामाझ उहाँले प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्दै बागमती प्रदेश सरकार बालविवाह मुक्त अभियानमा प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री लामाले यसअघि नै प्रदेश सरकारले बालविवाह मुक्त गर्नका लागि नीति र कानुनहरू बनाइसकेको समेत बताउनुभयो ।

 

“हामीले यसअघि नै कानुन बनाइसकेका छौँ, स्थानीय तहहरूमा पनि नीति र कानुन बनाउँदैछाँै”, उहाँले भन्नुभयो, “कानुनी र संवैधानिक रुपमै हामी बालविवाह मुक्त प्रदेशका लागि प्रतिबद्ध छौँ ।”

 

हस्ताक्षर समारोहमा सामाजिक अभियानकर्मी बालकृष्ण पाण्डे, डा गङ्गाधर अधिकारी, देवकी रेग्मीलगायत बालबालिकाको सहभागिता रहेको थियो । सन् २०३० सम्म बालविवाह मुक्त नेपाल घोषणा गरिसक्नका लागि गत पुस १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर अभियानको सुरुआत गर्नुभएको थियो । त्यसपछि सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा सातै प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरूले संयुक्त रुपमा राष्ट्रिय अभियानको सुरुआत गर्नुभएको थियो ।

 

विश्वव्यापी यो अभियान तीन महादेशका करिब २८ राष्ट्रमा सञ्चालित छ । बालविवाह रोकथामका लागि प्रदेश सरकारका मुख्यमन्त्री लामाले गर्नुभएको प्रतिबद्धताप्रति धन्यवाद दिँदै अभियानकर्मी पाण्डेले बालविवाह रोकथामका लागि समुदायस्तरबाट पनि अभियान थाल्नुपर्ने बताउनुभयो ।

 

उहाँले शारीरिक र मानसिक रूपमा परिपक्व भएर मात्रै विवाह गर्नु उपयुक्त हुने हुँदा नेपालको कानुनले २० वर्ष पुगेपछि मात्र विवाह गर्न योग्य मानेको जानकारी दिनुभयो । अहिले पनि बालविवाहका घटना सुनिँदै आएकामा राज्यले यसलाई रोक्नका लागि कानुनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिन उहाँले सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१० घण्टा अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…