राजनीति

जनताको अवस्था बदल्ने अठोट बोकेर गाउँ गाउँ र मन मनमा माओवादी - भुम्लु गाउँपालिका


erastriya शनिबार, भदौ १६, २०८०

नेकपा (माओवादी) केन्द्रले घर घरमा माओवादी, जनजनमा माओवादी भन्ने नारा सहित जनताको घरमा माओवादी बिशेष रुपान्तरण अभियान भाद्र १६ गते देशै भरी ६७३४ ओटा वडामा एकैसाथ उदघाटन भएको छ । त्यसै गरि काभ्रेको भुम्लु गाउँपालिकामा पनि दशै ओटा वडामा अभियानको उद्घाटन भएको छ। अभियान उद्घाटनको क्रममा वडा नम्बर आठ भुम्लुटारमा सहिद परिवार र जेष्ठ कम्युनिष्ट योद्धाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

भुम्लुमा अभियानको नेतृत्व गर्दै पुग्नु भएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य लक्ष्मी गुरुङले सहिद परिवार र कम्युनिष्ट योद्धाहरुलाई सम्मान गर्दै "सहिदहरुको विरतापुर्ण वलिदानले मात्र यो परिवर्तन र उपलब्धि हासिल भएको बताउदै कम्युनिष्ट योद्धाहरुको त्याग र योगदानलाई पनि भुल्न नहुने" भनाइ राख्नु भयो । गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल र अभियान ८ नम्बर वडाको इन्चार्ज समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए।

त्यसै गरी वडा नम्बर १ सापिङमा पनि माओवादी केन्द्रका प्रदेश सदस्य नबिन लामाले सयौंको उपस्थितीमा ब्यानर अनाबरण गरी अभियानको उद्घाटन गर्दै यो अभियान माओवादी केन्द्र संगठनलाई विस्तार र गठन गर्ने मात्र नभएर जनतासंगको सम्बन्धलाई सुदृढ गर्दै संस्थागत भष्ट्राचार, वेथिती,विसंगति र जनताको दैनिक समस्या विरूद्धको अभियान भएको भनाई राख्नु भयो। जिल्ला सदस्य हिमाल र वडा अध्यक्ष लेखनाथ श्रेष्ठले सम्बोधन गरेको उक्त कार्यक्रमको कृष्ण पराजुलिले संन्चालन गरेको थियो,भने पार्टी वडा अध्यक्ष कमल गिरीको सभापतित्वमा सम्पन्न भएको थियो।

 

वडा नम्बर ७ कोलातिमा भने केन्द्रीय सदस्य लक्ष्मी गुरुङ र पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले सम्बोधन गरेर उपस्थिति जनतासंग चौतारा सरसफाई कार्यक्रममा सहभागी भएर अभियान उदघाटन भएको घोषणा गरेका थिए। 

वडा नम्बर १० दोलालघाटमा पार्टी प्रदेश सदस्य ध्रुव काफ्लेले उपस्थिति समुदायसंग बाटो सफा गर्दै उद्घाटन गरेका थिए ! त्यस्तै वडा नम्बर ३ मा जिल्ला सदस्य आशा लामा वडा नम्बर २ सिमथलीमा जिल्ला सदस्य सुर्य देब तामाङ वडा नम्बर 5 सल्लेमा जिल्ला सदस्य नम्रता तामाङ वडा नम्बर ७ फलाटे वडा अध्यक्ष द्वारिका तामाङ वडा नम्बर ४ चौबास जिल्ला सदस्य खिर बहादुर श्रेष्ठ को नेतृत्वमा कतै चौतारा कतै बाटो मन्दिर स्कुल सरसफाई गरि अभियानको घोषणा गरेका छन भने वडा नम्बर ९ ज्याम्दीमा पार्टी वडा अध्यक्ष बिल बहादुर तामाङको नेतृत्वमा SEE पास गरेका विद्यार्थीहरुलाइ सम्मान गरि वृक्षारोपण एवं गोडमेल गरेर अभियान उद्घाटन गरेका छन । माओवादी केन्द्रले भुम्लु गाउँपालिकामा मात्र नभएर देशभरी आजवाट अभियान सुरूवात गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ
संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

१ दिन अघि

राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने
राजावादी आन्दोलन आज पनि, प्रसाइ समुहकाे अलग्गै प्रदर्शन हुने

१ दिन अघि

कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड
कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड

जेठ १४, २०८२

पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन
पाँचथर पुगेर डा. कोइरालाले भने : कार्यकर्ताले नेताको झोला मात्र बोक्ने हैन

जेठ १४, २०८२

ताजा अपडेट

  • नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

    नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

  • कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

    कजाकिस्तानमा भेटियाे दुर्लभ धातुको अब उत्खननकाे चरणमा

  • आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

    आजको राशिफल: २०८२ जेठ १७ गते शनिवार

  • राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फुटबल स्टार कोहुन

    राजकुमारीको प्रस्ताव ‘रिजेक्ट’ गरेर प्रेमिका रोज्ने फु…

  • कपालको विकासका लागि उपयुक्त बदामको तेल

    कपालको विकासका लागि उपयुक्त बदामको तेल

  • सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर

    सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट…

  • करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

    करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा…

  • सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

    सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भा…