अन्तर्राष्ट्रिय

अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता


erastriya शुक्रबार, माघ ११, २०८१

 

अस्ट्रेलियाका प्रधानमन्त्रीले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गर्नुभएको छ ।

 

नेसनल प्रेस क्लबमा सन् २०२५ को पहिलो प्रमुख सम्बोधनमा चुनावी नीतिको घोषणा गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीसले शुक्रबार प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गर्नुभएको हो । यसले अस्ट्रेलियामा ’ट्राडिज’ भनेर चिनिने अर्को पुस्ताका दक्ष कामदारलाई सहयोग गर्ने र निर्माण कार्यबललाई प्रोत्साहन गर्ने बताउनुभएको थियो ।

 

प्रोत्साहनका लागि ६२ करोड ६० लाख ९० हजार अष्ट्रेलियन डलर (करिब ३९ करोड ९० लाख ४० हजार अमेरिकी डलर) छुट्टाइएको छ । यस नीति अन्तर्गत आवासीय निर्माणमा काम गर्ने दक्ष श्रमिकहरूले उनीहरूको प्रशिक्षणको क्रममा पाँच किस्तामा १० हजार अष्ट्रेलियन डलर ( छ हजार ३०८ अमेरिकी डलर) प्राप्त गर्नेछन् ।

अल्बानीसले भन्नुभयो, “हामी नयाँ पुस्ताका दक्ष कामदार (ट्राडीज) हरू पहिचान गर्नेछँैं, हामीलाई आवश्यक नयाँ घरहरू निर्माण गर्न हामीले भरोसा गरिरहेका व्यक्तिहरू आर्थिक दबाबमा छन्।” उहाँले भन्नुभयो, “धेरैले आर्थिक अभावका कारण प्रशिक्षण छोड्छन् हाम्रो सरकार धेरै भन्दा धेरै अष्ट्रेलियालीहरूलाई उपकरणहरू प्राप्त गर्न र निर्माणमा रहन प्रोत्साहित गर्न चाहन्छ।” अल्बानीसको लेबर पाटीको नेतृत्वमा रहेको सरकारले सन् २०२३ मा अस्ट्रेलियामा सन् २०२९ सम्मको पाँच वर्षको अवधिमा १२ लाख नयाँ घर निर्माण गर्ने लक्ष्य राखेको थियो ।

 

उद्योग सङ्गठन मास्टर बिल्डर्स एशोसिएशनले बुधबार दिएको जानकारीअनुसार सन् २०२४ को सेप्टेम्बरसम्मको १२ महिनाको अवधिमा एक लाख ६५ हजार नयाँ घरको निर्माण सुरु भएको छ ।

 

एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत डेनिटा वावनका अनुसार हालको गतिमा पाँच वर्षको अवधिमा आठ लाख २५ हजार नयाँ घर निर्माण हुनेछन् ।

 

एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत डेनिटा वावनका अनुसार हालको गतिमा पाँच वर्षको अवधिमा आठ लाख २५ हजार नयाँ घर निर्माण हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै
रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

६ घण्टा अघि

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

१ दिन अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

असार २०, २०८२

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

असार २०, २०८२

ताजा अपडेट

  • क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्सको चुनौती, रियल मड्रिडलाई पीएसजीको टक्कर

    क्लब विश्वकपको सेमिफाइनलको समीकरण पुरा: लाई फ्लुमिन्स…

  • एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्…

  • रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

    रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…