राजनीति

पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त


erastriya शुक्रबार, माघ ११, २०८१

 

काठमाडौँ, ११ माघः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पूर्वस्थायी कमिटी सदस्य रामजीप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

 

उहाँले एक विज्ञप्ति जारी गरेर पार्टीका तत्कालीन स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश कमिटीका अध्यक्ष तथा बागलुङ जिल्लाका वामपन्थी आन्दोलनका संस्थापक नेता कमरेड रामजीप्रसाद शर्माको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा अचानक दुःखद् निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नुभयो ।\

 

“रामजीशर्मा नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अथक र सृर्जनशील नेता हो । उहाँले आफू वर्ग सचेत भएको बेलादेखि नै देश, जनता, राष्ट्र, क्रान्ति, जनवाद र समाजवादका निम्ति निरन्तर काम गर्दै आउनुभएको थियो । उहाँले कम्युनिष्ट आन्दोलन, जनवादी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन र समाजवादी आन्दोलनलाई नेपालमा अघि बढाउन कठिन र कठोर प्रयत्न गर्दै आउनुभएको थियो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माले), (एमाले), नेकपा र (एकीकृत समाजवादी) पार्टी निर्माणमा निरन्तर योगदान गर्दै आउनुभएको थियो”, विज्ञप्तिमा भनिएको छ ।

 

शोकको घडीमा दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सम्पूर्ण शोकाकूल परिवारजन तथा आफन्तमा समवेदना प्रकट गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण
डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

१७ घण्टा अघि

नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र
नारायणकाजीले भण्डारीलाई भेटेको पार्टीलाई जानकारी छैन, एमालेसँग एकताको नीति छैन- माओवादी केन्द्र

असार २३, २०८२

प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र नाउपाका संरक्षक चौधरीबीच भेटवार्ता

असार २३, २०८२

'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा
'कुलिङ पिरियड' हेरफेर बारे छानबिन गर्ने विशेष समितिको नेतृत्व कांग्रेसलाई नदिने अडानमा रास्वपा

असार २३, २०८२

ताजा अपडेट

  • एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्बजनिक

    एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्र…

  • डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे विश्लेषण

    डा. बाबुराम भट्टराईको माओवादी आन्दोलन बारे ६ बुँदे …

  • फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

    फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

  • नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

    नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोब…

  • पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र कुवेत

    पुरुष टी-२० विश्वकप छनौटमा नेपालको समुहमा जापान र …

  • आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

    आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

  • साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिदाई

    साफ यू-२० च्याम्पियनसिप खेल्ने महिला फुटबल टिमको बिद…

  • रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

    रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्…