समाचार

लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छ : उपप्रधानमन्त्री सिंह


erastriya बिहीबार, माघ १०, २०८१

 

मलेखु (धादिङ), १० माघ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्ने बताउनुभएको छ । आफ्नो संस्कार र संस्कृतिले देशको पहिचान उचो राख्दै देशको समग्र विकासमा टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

 

धादिङ लोक सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले देशको आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवर्द्धनका लागि लोक सांस्कृतिक पक्षको प्रचार महत्वपूर्ण रहेको बताउभयो । लोक सांस्कृतिक महोत्सवले देशको पहिचान उचो बनाउँदै आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवर्द्धनसँगै देशको समग्र विकासमा योगदान दिने उहाँको भनाइ थियो ।

 

“नेपाली लोक संस्कृति र संस्कारप्रति स्वदेशीभन्दा विदेशी बढी आकर्षित हुन्छन् । यस्ता मेला महोत्सव विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्ने माध्यम बन्न सक्छन । यसले पर्यटन उद्योगलाई उकास्न मद्दत गर्दछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “महोत्सवको आयोजना गर्दा स्थानीय उत्पादनको बिक्री, होटेल व्यवसाय, हस्तकला तथा यातायात सेवामा आर्थिक गतिविधि बढ्छ र यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”

 

देशको मौलिक परम्परा, वेषभूषा, सङ्गीत, नृत्य, र कला प्रदर्शन गरेर सांस्कृतिक पहिचानलाई जोगाउन आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले यस्ता मेला महोत्सवबाट युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

 

धादिङको रैथाने मौलिक लोक संस्कृतिको प्रवर्द्धन, सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक सञ्चार तथा विकास केन्द्र धादिङले महोत्सव आयोजना गरेको हो । आजदेखि सुरु भएको लोक सांस्कृतिक महोत्सव यही माघ २० गतेसम्म चल्नेछ । महोत्सवबाट जुट्ने आर्थिक स्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारलाई अप्ठ्यारो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङमार्फत परिचालन हुने गरी कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक दीपक कोइरालाले बताउनुभयो ।

 

महोत्सवको प्रमुख आकर्षण अन्तरपालिका लोक दोहोरी प्रतियोगिता हुनेछ । मौलिक र जातिय पहिचान झल्काउने खानालाई प्राथमिकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१३ घण्टा अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…