अन्तर्राष्ट्रिय

महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो


erastriya बिहीबार, माघ १०, २०८१

 

जलगाउ रेल दुर्घटनामा परी मृत्यु हुने यात्रुको सङ्ख्या १३ पुगेको जलगाउँ जिल्ला प्रशासक आयुष प्रसादले बिहीबार जानकारी गराउनुभएको छ ।

 

उहाँले भन्नुभयो, “बुधबार साँझ भएको रेल दुर्घटनामा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।”

बुधबार साँझ नजिकैको ट्र्याकबाट कर्नाटक एक्सप्रेस रेल अघि बढिरेका समय पुष्पक एक्सप्रेसको डिब्बामा आगलागी भएपछि यात्रुहरू रेलबाट झर्ने क्रममा गुडिरहेको रेलले धेरै मानिसहरूलाई ठक्कर दिएको थियो।

घाइतेहरूलाई सिभिल अस्पताल जलगाउँमा भर्ना गरिएको छ र उनीहरूको उपचार भइरहेको छ। रेल मन्त्रालयले जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ दिने घोषणा गरेको छ ।

रेलमन्त्री अश्विनी वैष्णवको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जलगाउँ रेल दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख ५० हजार भारतीय रूपैयाँ, गम्भीर घाइतेलाई ५० हजार रूपैयाँ र सामान्य घाइते भएकालाई पाँच हजार रूपैयाँ दिने घोषणा गरिएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेल दुर्घटनामा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भन्नुभएको छ,

“महाराष्ट्रको जलगाउँमा रेलको लिकमा भएको दुःखद दुर्घटनाबाट मर्माहत छु। शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेसबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्णवीसले पनि जलगाउँ रेल दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ । घाइतेको सम्पूर्ण उपचार खर्च पनि प्रदेश सरकारले व्यहोर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै
रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

१ घण्टा अघि

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

१ दिन अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१ दिन अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

असार २०, २०८२

ताजा अपडेट

  • एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्…

  • रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

    रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना