समाचार

लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई सीपमूलक तालिम


erastriya बिहीबार, माघ १०, २०८१

बागमती, १० माघः उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागुऔषध दुव्र्यसनीमा फसेका युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुव्र्यसनीमा फसेर युवालाई सीपमुलक तालिम दिएर सही बाटोमा ल्याउने उद्देश्यले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिनुभयो । 
 

 

उहाँका अनुसार लागुऔषधको दुव्र्यसनीमा लागेर हेटाँैंडास्थित सुधार गृहमा रहेका ९० युवाहरुलाई लक्षित गरेर सुधारगृहभित्रै मौरिपालन, पेन्टिङ, कफी बनाउने लगायतका सीपमूलक तालिम सञ्चालन गरिएको छ । यस्तै मकवानपुरको राक्सिराङ, मनहरी, कैलाश, बकैया र मकवानपुरगढीमा विद्यार्थीलाई लक्षित गरी उपभोक्ता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको प्रमुख भुषालले बताउनुभयो ।

 

यता सो कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको अवधिमा रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । उद्योग तथा वाणिज्यतर्फ नयाँ दत्र्ता, नवीकरण, नामसारी, पुँजी वृद्धि, खारेजी, ठाउँसारी लगायतका शीर्षकबाट रु एक करोड ५० लाख ८४ हजार ७०५ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भ्ुषालले बताउनुभयो ।

 

सो अवधिमा दुई सय २१ नयाँ उद्योग, एक सय ४५ नयाँ वाणिज्य दर्ता भएको छ भने उद्योग र वाणिज्यतर्फका दुई सय ६७ उद्योग व्यवसाय खारेजी भएको प्रमुख भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको छ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा रहेका ८६ उद्योग व्यवसायमा अनुगमन गरी रु एक लाख ३५ हजार जरिवानाबापत राजस्व सङ्कलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

८ घण्टा अघि

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

८ घण्टा अघि

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१ दिन अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

ताजा अपडेट

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

    भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ ला…

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड