समाचार

दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र


erastriya बिहीबार, माघ १०, २०८१

 

वेदकोट (कञ्चनपुर), १० माघः कञ्चनपुरको वेदकोट नगरपालिका–३स्थित दैजी–लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी–लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र निर्माण गर्ने काम पूरा भएको हो ।

 

निर्माणको काम सुरु भएको सात वर्षको अवधिमा पाँच किलोमिटर सडक कालोपत्र भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताउनुभयो । उहाँका अनुसार हालसम्म दैजी–लिप्ना सडकखण्डमा पाँच किलोमिटर कालोपत्रेका साथै नाली, कल्भर्ड र पर्खाल निर्माणको काम सकिएको छ । वर्षेनी बर्खामा पहिरोले सडक भत्किने गरेकोले निर्माणमा ढिलाइ हुने गरेको उहाँको भनाइ छ ।

 

“लिप्नामा पहिराले सडक अवरुद्ध हुने गरेको छ । बनाएको संरचना बर्खामा पहिरोले भत्काउने गरेको छ,” उहाँले भन्नुभयो, “त्यसैले निर्माणको काममा केही ढिलाई भइरहेको हो ।”

 

उहाँका अनुसार हाल पनि निर्माणको काम जारी नै रहेको छ । विसं २०७४ वैशाख ८ मा नागार्जुन कन्स्ट्रक्सनसंग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पटक पटक म्याद थप हुँदा पनि दैजी–लिप्प्ना सडकखण्डको पूर्णता नपाएको हो ।

 

पछिल्लो पटक विसं २०८२ असार मसान्तसम्म निर्माणको म्याद थप गरिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार रु २१ करोड २६ लाख रुपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो ।

 

दैजी–लिप्ना कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबूढा जोड्ने सडकको एक खण्ड हो । पूर्णरुपमा कालोपत्र नभए पनि दैजी–लिप्ना कच्ची सडकमा जोखिम मोलेर स्थानीय ओहोरदोहोर गर्न बाध्य छन् ।

 

दैजी–लिप्ना सडकले डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकालाई छोटो दूरीमा तराईसँग जोडेको छ । “वर्षौ भइसक्दा पनि अहिलेसम्म सडक कालोपत्र हुन सकेको छैन । कच्ची बाटोबाटै जोखिम मोलेर यात्रा गर्नु परेको छ,” परशुराम नगरपालिका–९ का दिनेश बोहराले भन्नुभयो, “वर्खामा यात्रा नै गर्न सकिँदैन । हामी कालोपत्र सडक भएर आवातजावत कहिले गर्न पाउँला ?” उक्त सडकबाटै पर्यटकीयस्थल वेदकोट ताल पनि पुग्न सकिन्छ । पर्यटकीय क्षेत्रसमेत जोड्ने दैजी–लिप्ना खण्ड कालोपत्र भए आवतजावतमा सहजता थपिने स्थानीयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१६ घण्टा अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…