काठमाडौँ ।जघन्य अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै प्रतिनिधिसभा सदस्य शाहीले समेत सामाजिक सञ्जालमार्फत सन्देश पठाएर धम्क्याएको महासंघले जनाएको छ । समाचारको विषयलाई लिएर राप्रपा सांसद ज्ञानबहादुर शाही र उनका सहयोगीले पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई शाहीका सहयोगी बताउने व्यक्तिले ‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको महासंघको भनाई छ ।
प्रतिकिर्या