अन्तर्राष्ट्रिय

टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो


erastriya बुधबार, माघ ०९, २०८१

 

उत्तरपश्चिम टर्कीएको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तिमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् ।

टर्कीएका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताउनुभयो । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन् । सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिकाहरू थिए । घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भन्नुभयो,“हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।”

टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गर्नुभयो । “यो एकताको दिन हो,”उहाँले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभयो । उहाँले दोषी जो कोही भए कारबाही हुने समेत बताउनुभयो । टर्कीए सरकारले होटलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार कम्तिमा नौ जनालाई पक्राउ गरिएको बताउनुभयो । आगलागी हुँदा करिब २३४ जना पाहुना होटलमा बसिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै
रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

४९ मिनेट अघि

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

१ दिन अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१ दिन अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

असार २०, २०८२

ताजा अपडेट

  • एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एक महिना पछि कोड वर्ड’ भाषा प्रयोग गरेर पुन मानव तस्…

  • रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

    रुसमा बच्चा जन्माउन आर्थिक सहयोग गरेर प्रेरित गरिदै

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना