समाचार

सिमकोटमा खानेपानीको समस्या


erastriya बुधबार, माघ ०९, २०८१

 

सिमकोट (हुम्ला), ९ माघः हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राही समस्यामा परेका छन् ।

 

सिमकोट तल्लो बजारमा खानेपानी आउन छोडेपछि घण्टाैँ लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छोडेको छ, पानी आएका एक–दुई छिटपुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ । बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले समस्या भइरहेको छ ।” खाना पकाउन, पिउनलगायत दैनिक क्रियाकलाप सञ्चालनमा पानी नहुँदा समस्या भइरहेको कामीले बताउनुभयो ।

 

पानी नआएका तल्लो बजारमा बस्ने नागरिकले पिउने पानीको समस्या झेल्दै आएका छन् । एक बाल्टी पानी थाप्न १० देखि १५ जना लाइनमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

 

हिउँदको समयमा बिहानको समय बरफ जम्नुका साथै बजार क्षेत्रका विभिन्न स्थानमा पानीका पाइप फुटेकाले खानेपानीको समस्या भएको भन्दै यहाँका स्थानीय पिन्यारा, तीनधारामा पानी लिन जाने गरेका स्थानीय कामीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१८ घण्टा अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…