समाचार

गोदाममा मल छ, किसानले पाउँदैनन्


erastriya बुधबार, माघ ०९, २०८१

 

सिरहा, ९ माघः लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दाद हुँदा पनि यहाँका किसानले मल पाएका छैनन् । मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा किसानले मल नपाएका हुन् ।

 

कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक दीपराज पौडेलले मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको बताउनुभयो । “प्रदेश सरकारबाट जग्गा क्षेत्रफलको अनुसार सम्बन्धित मन्त्रालयले स्थानीय तहलाई मल वितरण गर्ने रासायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ”, उहाँँले भन्नुभयो, “मन्त्रालयबाट पत्र आउन ढिला भएको कारण समस्या परेको हो । पत्र प्राप्त हुनासाथ मल वितरणको प्रक्रिया अगाडि बढ्छ ।”

 

लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सोलु र मधेस प्रदेशको सिरहामा रासायनिक मल वितरण आएको छ । प्रबन्धक पौडेलका अनुसार कोशी प्रदेशले आफ्ना जिल्लामा पठाउनुपर्ने मलको सङ्ख्या उल्लेख गरी पठाइसकिएकाले कोशी प्रदेशका ती जिल्लामा माघको पहिलो हप्ताभित्रै मल वितरण गरिसकिएको छ ।

 

प्रक्रियागत त्रुिटका कारण गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन् तर सामग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल मौज्दाद रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस
सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस

२२ सेकेन्ड अघि

कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित
कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

३ मिनेट अघि

सिमकोटमा खानेपानीको समस्या
सिमकोटमा खानेपानीको समस्या

९ मिनेट अघि

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन
धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

१ घण्टा अघि

ताजा अपडेट

  • सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस

    सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस

  • कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

    कर्णालीमा ५४ पुल निर्माण गर्न स्रोत सुरक्षित

  • सिमकोटमा खानेपानीको समस्या

    सिमकोटमा खानेपानीको समस्या

  • धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

    धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

  • भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

    भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

  • बङ्गलादेशको विमानस्थलमा बमको धम्की

    बङ्गलादेशको विमानस्थलमा बमको धम्की

  • महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै

    महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै

  • गोदाममा  मल छ, किसानले पाउँदैनन्

    गोदाममा मल छ, किसानले पाउँदैनन्