समाचार

मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्याे रु एक करोड ३२ लाख राजस्व


erastriya बुधबार, माघ ०९, २०८१

 

बागमती, ९ माघः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ ।

सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारवाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । यो अघिल्लो अर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व सङ्कलन भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारवाही गरी रु एक करोड १६ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो । यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भिर घाइते भएका छन् ।

ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

२० घण्टा अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…