खेलकुद

विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने


erastriya बुधबार, माघ ०९, २०८१

 

काठमाडौँ, ९ माघः आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज अष्ट्रेलियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।

मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङको निम्तो पाएको हो ।

अष्ट्रेलियाविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ । नेपालले सुपर सिक्सको यात्रा तय गर्नका लागि पनि समूह ‘डि’ को सबैभन्दा बलियो टोलीका रूपमा रहेको अष्ट्रेलियालाई जित्नै पर्ने दबाब रहेको हो । यसअघि अष्ट्रेलियाले स्कटल्याण्डलाई नौ र बङ्गलादेशलाई दुई विकेटले पराजित गरेको थियो । अष्ट्रेलिया भने विश्वकपको सिक्समा छनोट भइसकेको छ ।

नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो । आज अष्ट्रेलियासँग पनि पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

नेपालको प्लेइङ–११ मा कप्तान पूजा महतोसँगै साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशाकुमारी यादव, कृष्मा गुरुङ, तृषना विक, ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो
प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो

माघ ०६, २०८१

अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण
अनुगमन तथा मूल्याङ्कन समितिद्वारा सरकारको ध्यानाकर्षण

माघ ०६, २०८१

खोखो खेलमा नेपालको इतिहास दर्ज  विश्वकप  खोखो प्रतियोगिताको फाइनलमा नेपाली टोली प्रवेश
खोखो खेलमा नेपालको इतिहास दर्ज विश्वकप खोखो प्रतियोगिताको फाइनलमा नेपाली टोली प्रवेश

माघ ०५, २०८१

यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल द्वारा बङ्गलादेशलाई ५३ रनको लक्ष्य
यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल द्वारा बङ्गलादेशलाई ५३ रनको लक्ष्य

माघ ०५, २०८१

ताजा अपडेट

  • धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

    धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

  • भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

    भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

  • बङ्गलादेशको विमानस्थलमा बमको धम्की

    बङ्गलादेशको विमानस्थलमा बमको धम्की

  • महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै

    महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै

  • गोदाममा  मल छ, किसानले पाउँदैनन्

    गोदाममा मल छ, किसानले पाउँदैनन्

  • चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै

    चिसो बढेपछि बाँकेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिँदै

  • विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

    विपन्न परिवारको आवासका लागि ८० घर निर्माण

  • मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्याे रु एक करोड ३२ लाख राजस्व

    मकवानपुर ट्राफिकले छ महिनामा सङ्कलन गर्याे रु एक करोड ३२ लाख राजस्व