शिक्षा

पशुपतिको बागमती किनारमा आरती गर्नुकाे रहस्य


erastriya आइतबार, भदौ १०, २०८०

हरेक साँझ पशुपतिनाथ मन्दिरमा आरती हुन्छ।

पशुपति मन्दिर भित्रको आरती सकिएपछि बागमती नदी किनारको आरती सुरू हुन्छ। 

यो आरती सामान्यत: बेलुकी ७ बजे सुरू हुन्छ। एक घन्टासम्म चल्ने आरती हेर्न हजारौं मानिसको भीड लाग्छ। 

आरतीमा तीन पुजारी र सांगीतिक टोलीको कलात्मक प्रस्तुति र भजन सुन्न पाइन्छ। यहाँ भगवान् शिव र पशुपतिको मात्र नभएर बागमती गंगा र सम्पूर्ण देवीदेवताको पूजा गरिन्छ। 

भारतको बनारसमा हुने गंगा किनार आरतीबाट प्रभावित भएर यो आरती नेपाल भित्र्याइएको हो। २०६४ साउन २१ गते आधिकारिक रूपमा 'श्री पशुपति एवं बागमती गंगा आरती सेवा समिति' स्थापना गरियो। त्यही  दिनदेखि यहाँ दैनिक रूपमा आरती हुँदै आएको छ। 

कसैले आफ्नो संकल्प पूजा गराउन चाहे न्यूनतम १५ सय रुपैयाँ शुल्क तिरेर आरती गर्न पाउँछन्। भक्तजनले दिएको दान जम्मा गर्न अक्षयकोष पनि निर्माण गरिएको छ।

सेवा समितिका अध्यक्ष जनार्दन शर्मा अधिकारीले आफूहरूले उद्देश्य पुरातात्विक मठ मन्दिर, स्मारकको संरक्षण गर्नु, नदी सरसफाइ, धर्म र आरतीको संरक्षण गर्न काम गरिरहेको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधार भएपछि निजी विद्यालय विस्थापित
सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधार भएपछि निजी विद्यालय विस्थापित

मंसिर ०२, २०८१

कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने
कर्णाली स्वास्थ्य विज्ञानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुने

कात्तिक २७, २०८१

परीक्षाकाे उत्तरपुस्तिका परीक्षणमा लापरबाही भयको भन्दै बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र
परीक्षाकाे उत्तरपुस्तिका परीक्षणमा लापरबाही भयको भन्दै बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

कात्तिक २६, २०८१

पाइलट पढ्न थाले १ रुपैँया अभियानबाट रकम जुटाएका दिपेन्द्र !
पाइलट पढ्न थाले १ रुपैँया अभियानबाट रकम जुटाएका दिपेन्द्र !

चैत १६, २०८०

ताजा अपडेट

  • उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

    उपत्यकामा तीनजना मृतावस्थामा भेटिए

  • विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

    विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना पक्राउ

  • नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

    नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

  • यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

    यु–१९ का तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख पुरस्कार

  • स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

    स्वास्थ्यमन्त्री पौडेलद्वारा निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ

  • जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

    जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का

  • गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

    गोरखामा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला’ सुरु

  • काठमाडौँमा सात देशको कला प्रदर्शनी

    काठमाडौँमा सात देशको कला प्रदर्शनी