अन्तर्राष्ट्रिय

अफगान तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा


erastriya मंगलबार, माघ ०८, २०८१

 

तालिबान सरकारले मङ्गलबार कतारको मध्यस्थतामा अमेरिकी कैदीहरूको बदलामा एक अफगान कैदीको रिहाइ भएको घोषणा गरेको छ ।

 

“अमेरिकामा बन्दी बनाइएका अफगान लडाकू खान मोहम्मदलाई अमेरिकी नागरिकको बदलामा रिहा गरी देश फिर्ता गरिएको छ”, अफगान विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

 

मन्त्रालयका अनुसार मोहम्मदले ‘करिब दुई दशकअघि’ अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा पक्राउ परेपछि क्यालिफोर्निया राज्यमा आजीवन कारावासको सजाय भोगिरहेका थिए ।

एएफपीले सोधेको प्रश्नमा विदेश मन्त्रालयले थप विवरण वा अमेरिकी कैदीहरूको सङ्ख्या खुलाउन अस्वीकार गरेको छ ।

 

यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणको भोलिपल्ट आएको हो । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा तालिबानसँग सम्झौता गर्नुभएको थियो र उक्त सम्झौताले सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने र तालिबानको सत्तामा पुनर्वहाली हुने मार्ग प्रशस्त गरेको थियो ।

 

नोभेम्बरमा ट्रम्पको चुनावी विजयपछि तालिबान सरकारले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा ‘नयाँ अध्याय’ को आशा गरेको बताएको थियो ।

 

तालिवान सरकारले मङ्गलबार यो आदानप्रदानलाई ‘वार्ताको माध्यमबाट मुद्दाहरू समाधान गर्ने राम्रो उदाहरण’ भन्दै यस सन्दर्भमा भ्रातृ देश कतारको प्रभावकारी भूमिकाका लागि विशेष कृतज्ञता व्यक्त गरेको छ ।

 

“अफगानिस्तान संयुक्त राज्य अमेरिकाका ती कार्यहरूलाई सकारात्मक रूपमा हेर्छ जसले दुई देशबीचको सम्बन्धको सामान्यीकरण र विस्तारमा योगदान पु¥याउँछ”, मन्त्रालयले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

२३ घण्टा अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१ दिन अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१ दिन अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…