समाचार

नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै


erastriya मंगलबार, माघ ०८, २०८१

 

राँझा (बाँके), ८ माघः उद्योग, व्यापार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने भएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको मुख्य आयोजना एवं नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) बाँकेको सहकार्यमा यही माघ १० देखि २२ गतेसम्म नेपालगञ्ज–१८ स्थित सडक डिभिजन कार्यालय परिसरमा महोत्सव गर्ने तयारी गरिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले जानकारी दिनुभयो ।

‘उद्योग, व्यापार, कृषि, जडीबुटी, रोजगार सूचना प्रविधि र पर्यटन, व्यावसायिक उद्यमशाला तथा कलासंस्कृतिको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ प्रादेशिक महोत्सव आयोजना गरिएको छ”, अध्यक्ष धामीले भन्नुभयो, “महोत्सव करिब तीन लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् ।

” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले २०५६ सालदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सवमा विभिन्न तीन सय ५० स्टल राखिने सङ्घका महासचिव भीम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार, महोत्सवमा स्वदेशमा उत्पादित वस्तुहरू, राष्ट्रियस्तरको जडीबुटी प्रदर्शनी, हस्तकला, कृषि, पर्यटन, सूचना तथा विज्ञान प्रविधि, अटो मोबाइल्स तथा मित्रराष्ट्रका विभिन्न उद्यमशाला तथा उद्योगको प्रदर्शनी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उद्योगी, व्यवसायीहरूको समेत स्टल रहनेछन् ।

त्यसैगरी, महोत्सवमा कम्प्युटर एसोसिएसन अफ नेपाल महासङ्घ (क्यान) बाँकेले ‘क्यान इन्फोटेक’ आयोजना गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…