धर्म/संस्कृति

गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग


erastriya सोमबार, माघ ०७, २०८१

 

काठमाडौँ, ७ माघ : राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष विजयप्रकाश निषादको नेतृत्वमा पार्टीका महासचिव अभिषेक तिवारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठसहितको टोलीले आज गृहमन्त्री लेखकलाई भेटी मन्दिर तोडफोड गर्नेलाई यथाशीघ्र पहिचान गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग गरेको हो ।

 

पार्टी महासचिव तिवारीद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, “यही माघ ३ गते बिहीबार राति करिब १० बजे आपराधिक मानसिकता बोकेका केही अराजक जत्थाले भाकलस्वरूप मन्दिरमा छाडिएका परेवा चोर्ने र लुटपाट गर्ने अभिप्रायले गढीमाई मन्दिर परिसरभित्र छिर्दा त्यहाँ खटिएका नगर प्रहरीले रोकेपश्चात् नगर प्रहरीसँग झडप गरी हातपात भएको छ ।”

 

साथै शुक्रबार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्थाले गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दानपेटिका र पङ्खाहरू तोडफोड गरी चरम उद्दण्डता गरेको दृश्यहरू सिसी टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापनपत्रमार्फत जनाइएको छ । “अराजक समूहद्वारा बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उद्दण्डताविरूद्ध तत्काल कारबाही हुनुपर्ने माग राख्दै गम्भीर ध्यानाकर्षण गराइएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु
‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

९ घण्टा अघि

धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन
धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन

फागुन १५, २०८१

देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो

माघ १३, २०८१

मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए
मगर र थारु समुदायको माघी कार्यक्रम टुँडिखेलमा मनाए

माघ ०१, २०८१

ताजा अपडेट

  • ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनाएको हमासको आरोप

    ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई कमजोर बनाएको ह…

  • स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेमा जोड

    स्वर्गद्वारी गुठी पीडित किसानको माग सम्बोधन गर्नुपर्नेम…

  • ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

    ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु

  • जातकै आधारमा दलित महिला बढी पिडा भोग्दै

    जातकै आधारमा दलित महिला बढी पिडा भोग्दै

  • अमेरिकाले फर्काइदिएका नेपाली ‘सोधपुछ’का लागि प्रहरी जिम्मामा

    अमेरिकाले फर्काइदिएका नेपाली ‘सोधपुछ’का लागि प्रहरी…

  • प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुँदै कुन कुन अध्यादेश पेश हुदैछन?

    प्रतिनिधिसभामा आज पाँच अध्यादेश स्वीकृतिका लागि पेस …

  • पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि

    पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्र…

  • साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान

    साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान