समाचार

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री


erastriya सोमबार, माघ ०७, २०८१

 

काठमाडौँ, ७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गर्नुभएको छ ।

नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आज आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने स्पष्ट पार्नुभयो ।

“हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छाैं । संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तबाट हामी निर्देशित छौँ । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छाैं”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा कोही शत्रु छैनन्, सबै हाम्र मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छाैं ।

भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ । राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलितरूपमा सामना गर्न सक्छौँ । छिमेकी देशसँग उत्ताउलो नभइकन खुलस्त र मित्रतापूर्णरूपमा आफ्ना जायज कुरा राख्नुपर्छ । जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन । बुझिने गरी संवाद गर्नुपर्छ ।

त्यसरी कुरा गर्दा अर्काे पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ ।” उहाँले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हीनताभाव पाल्नुपर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स–साना कुराहरूलाई महत्त्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररूपमा आफूलाई प्रस्तुत गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसद्मा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसद्लाई जिउँदो जाग्दो बनाउन सांसदहरूलाई सुझाव दिनुभयो ।

कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदँलिदो भू–राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

५ घण्टा अघि

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

५ घण्टा अघि

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१ दिन अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

ताजा अपडेट

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

    भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ ला…

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड