अन्तर्राष्ट्रिय

कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु, हजारौँ विस्थापित


erastriya सोमबार, माघ ०७, २०८१

 

कोलम्बियामा शान्ति प्रक्रिया ठप्प भइरहेका बेला ससस्त्र लडाकूबीच नयाँ श्रृङ्खला बिस्तार भएपछि चार दिनमा सर्वसाधारणसहित ८० जनाभन्दा बढीको मृत्यु भएको छ ।

सशस्त्र झडपका घटनापछि करिब ११ हजार मानिस विस्थापित भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । त्यहाँका बासिन्दाहरू आफ्नो ज्यान जोगाउन भागेपछि सेनाले कोकिन खेती गर्ने क्याटाटुम्बो क्षेत्रमा करिब पाँच हजार सैनिक तैनाथ गरेको थियो ।

नेशनल लिबरेशन आर्मी (ईएलएन) सशस्त्र समूहले गत बिहीबार क्याटाटुम्बोमा पार्क गुरिल्ला फोर्सका भूतपूर्व सदस्यहरू सम्मिलित प्रतिद्वन्द्वी समूहमाथि आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। नर्ते डी सान्तान्दर विभागका गभर्नर विलियम भिल्लामिजारका अनुसार हिंसात्मक घटनाका कारण नागरिकहरू ठाउठाउमा फसेका र आइतबारसम्ममा ‘८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका’ अनुमान गरिएको छ ।

मोटरसाइकल, डुङ्गामा ब्याकप्याक र सामान बोकेका वा खुला ट्रकमा बसी हिंसाबाट त्रसित बासिन्दाहरू सप्ताहन्तमा यस क्षेत्रबाट भागेका थिए। आर्थिक र राजनीतिक उथलपुथलबाट गाउहरूबाट भागेर सयौँले तिबु शहरमा शरण लिएका थिए भने केही सीमा पार गरेर भेनेजुएला पुगेका थिए।

भेनेजुएलाले ‘कोलम्बियाबाट विस्थापित व्यक्तिहरूको सहायताका लागि एक विशेष अभियान’ सुरु गरेको घोषणा गरेको कोलम्बिया सरकारले जनाएको छ । भेनेजुएला भागेका ४५ वर्षीय किसान जियोभान्नी भालेरोले भन्नुभयो,

“कोलम्बियाली नागरिकको हैसियतले मेरो देश छोड्नु मेरो लागि पीडादायी छ ।क्याटाटुम्बोको अवस्था सुल्झिने छ र उनीहरू फर्कन सक्नेछन् भन्ने आशा विस्थापित सर्वसाधारणले गरेका छन् ।”

सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गर्नुभएको थियो ।

ईएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उहाँले अशान्तिको पछिल्लो श्रृङ्खलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?
भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

१ दिन अघि

अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश
अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

१ दिन अघि

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने
उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न ३० हजार सैनिक पठाउने

१ दिन अघि

अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय
अवहेलना मुद्धामा शेख हसिनालाई छ महिनाको जेल सजाय

असार १८, २०८२

ताजा अपडेट

  • सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोनको उपाधि

    सिंगापुरलाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट …

  • भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

    भारतले दलाई लामा बारे प्रतिक्रिया दिदै के भन्यो ?

  • आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास रचिने !

    आज नेपाल र उज्बेकिस्तान खेल्दै खेल जिते नयाँ इतिहास …

  • एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

    एसपीलाई गाली गर्ने जसपाका नेता यादवविरुद्ध पक्राउ पु…

  • अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन्- प्रचण्ड

    अहिले संसद र न्यायलयमा जे चलिहेको छ, त्यो जनतासँग ह…

  • चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

    चन्द्रागिरी हिल्सलाई २ लाख ९० हजार जरिवाना

  • कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल, मन्त्री पाण्डे फ्रान्स जादै

    कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत…

  • अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्यो पहिलो देश

    अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिने रुस बन्य…