समाचार

विपिन सकुशल घर फर्किने आशामा परिवार


erastriya सोमबार, माघ ०७, २०८१

 

दोधारा चाँदनी (कञ्चनपुर), ७ माघः हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहनुभएका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।

 

हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको हो । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।

मलिन अनुहारमा विपिनका आमा पदमाले भन्नुभयो, “युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो, तर भएन । मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक छ ।” उहाँले यसअघि पनि युद्धविराम भएका बेला छोराको रिहाइको आशा गरिए पनि रिहाइ नभएको बताउँदै यसपटक रिहाइ हुनेमा आशावादी रहेको बताउनुभयो ।

“युद्धविराम हुन्छ फेरि युद्ध भइहाल्छ अझै पनि हाम्रो मनमा त्यही डर छ कतै फेरि युद्ध त हुने होइन,” आमा पदमाले भन्नुभयो, “जसरी हुन्छ अहिलेको युद्धविराममा मेरो छोराको सकुशल रिहाइ होस् सरकारसँग यही अनुरोध छ ।” सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए ।

त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो । आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ । इजरायल सरकारले हमासले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीमा विपिनको नाम समावेश छैन । विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । “सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौँ ।”

उहाँले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन
आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

८ घण्टा अघि

भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ
भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

९ घण्टा अघि

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१ दिन अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

ताजा अपडेट

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

    पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत

  • भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ लाख ५० हजार घुससहित पक्राउ

    भक्तपुर मालपोतका प्रमुख, नासु र कार्यलय सहयोगी २४ ला…

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड