समाचार

मधेस प्रदेशसभा : बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव पारित


erastriya आइतबार, माघ ०६, २०८१

 

धनुषा, ६ माघ : मधेस प्रदेशसभाको आज बैठकले बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ ।

 

प्रदेशसभाको चौथो अधिवेशनको आज बसेको साताँै बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्य संशोधन गर्न सङ्कल्प प्रस्ताव पारित गरेको हो । गत पुस २९ गते सङ्कल्प प्रस्ताव दर्ता भएको थियो । सभामुख रामचन्द्र मण्डलबाट सैद्धान्तिक सहमतिपछि आज प्रदेशसभामा सङ्कल्प प्रस्ताव पेस गरिएको थियो ।

 

सभामुख मण्डलले सभामा उपस्थित ५९ सदस्यमध्ये ४३ जनाले प्रस्तावको पक्षमा र १६ जनाले विपक्षमा मतदान गरेकाले प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । सत्ता गठबन्धन दल लोसपाका प्रदेश सांसद रुपाकुमारी यादवले सङ्कल्प प्रस्ताव पेस गर्नुभएको थियो ।

 

प्रस्तावकको समर्थकमा नेकपा (एमाले) का तर्फबाट पल्टीदेवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमत पार्टीबाट हसिना खातुन, नेकपा (एकीकृत समाजवादी) बाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहनुभएको थियो । समर्थकमध्ये एकीकृत समाजावदी र राप्रपा प्रतिपक्षमा छन् ।

 

बजेट वक्तव्यको एक सय ४७ नम्बर बुँदा उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको भन्दै सो बाधा फुकाउन सङ्कल्प प्रस्ताव पेस गरिएको थियो । सो बुँदामा खुला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख गरिएको छ ।

 

प्रस्तावमा रु ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र त्यसभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न
अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

असोज ०३, २०८२

प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण
प्राविधिक समस्यालाई ‘लोडसेडिङ’ भनेर भ्रम फैलाइयो- प्राधिकरण

साउन १२, २०८२

जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै  लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र
जग्गा फिर्ता गर्न हर्क साम्पाङ ले कुलाङ्गर भन्दै लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

साउन ०८, २०८२

सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार
सिगापुरको पासपोर्ट विश्वमै शक्तिशाली, नेपालको पासपोर्ट सूचकांकमा सुधार

साउन ०७, २०८२

ताजा अपडेट

  • अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ संविधान दिवस काे अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

    अखिल(क्रान्तिकारी) बाग्मती प्रदेश समितिद्वारा ११ औँ सं…

  • १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

    १३३.९५ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, वि…

  • मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    मन्त्रीसहितका अधिकारीहरुलाई कृषि मल व्यवस्थापन बारे प्…

  • गोसाइँकुण्ड को  ४४०० मिटर उचाइमा लाग्ने मेलामा  YCL र अखिल (क्रान्तिकारी) को स्वास्थ्य शिविर सञ्चालन

    गोसाइँकुण्ड को ४४०० मिटर उचाइमा लाग्ने मेलामा YCL…

  • रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएका ९ जनासँग छलफल गर्दै

    रास्वपाले आज रुपन्देही- ३ को उपनिर्वाचनमा उम्मेदवार ब…

  • समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- विप्लव

    समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक छ- वि…

  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

    टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हु…

  • रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला आँगन' सुरु गर्दै

    रास्वपाले जनताका कुरा सुन्न साप्ताहिक कार्यक्रम ‘खुल्ला…